देव धिमालको लेखन निर्देशनमा चलचित्र ” सानीमाया” को शुभमुर्हत


काठमाडौं : 8848 इन्टरटेनमेन्ट प्रा.लिको प्रस्तुति तथा धिमाल फिल्मस् को निर्माणमा बन्न लागेको नेपाली कथानक चलचित्र सानीमाया को शुभमुर्हत नेपाल चलचित्र विकास वोडका पुर्व अध्यक्ष राजकुमार राईले गरेका छन ।

शुभ मुर्हत कार्यक्रम बोल्दै राईले चलचित्र बनाउनु ठुलो कुरा नभएको तर राम्रो चलचित्र बनाउनु चुनौतीपूर्ण रहेको बताए । नेपाली चलचित्रको अवस्था नाजुक बन्दै गएको अवस्थामा सानीमाया फिल्मले चलचित्र क्षेत्रमा एक ईट्टा थप्ने विश्वास ब्यक्त गरे ।

कार्यक्रममा बोल्दै फिल्मका लेखक एवम् निर्देशक देव धिमालले , फिल्ममा धेरै कलाकारहरु नयाँ अनुहार भएको र नयाँ अनुहारले पनि गर्न सक्छन् भन्ने उदाहरण यो सानीमाया चलचित्र बाट देखिने कुरामा विश्वास ब्यक्त गरे । उनले अगाडि भने ,” नयाँ बाटै पुरानो हुने हो ,यसकारण यस फिल्ममा पुराना र नयाँ कलाकारहरुको संयोजनले चलचित्र सफल हुने विश्ववास ब्यक्त गरे ।

राज चौधरी निर्माता रहेको यस चलचित्रमा रामचन्द्र अधिकारी ,शारदा गिरि ,सावित्रा चिलवाल,राजकुमार शाह ,अर्जुन थापा ,स्वयच्छा ढकाल ,प्रियंका श्रेष्ठ,अभिषेक फुयाल,कृष्णप्रसाद धिताल लगायत कलाकारको अभिनय रहेको छ ।

जेष्ठको दोस्रो हप्ता बाट शुटिङ हुने निर्माण पक्षले जनाएको छ ।ओ.यस.आर.डिजिटल चलचित्रको डिजिटल पार्ट्नर रहेको छ । शुभ मुर्हत कार्यक्रममा चलचित्र कलाकार सघंका अध्यक्ष वरिष्ठ कलाकार मोहन निरौला, चलचित्र निर्देशक समाजका अध्यक्ष जनक दिप पराजुली, ओ.एस.आर. डिजिटलका प्रोप्राइटर ॐ प्रकाश अग्रवाल,नायक सविन श्रेष्ठ, लगायत अतिथिहरुको उपस्थिति रहेको थियो ।