मनाङको मुख्य प्रशिक्षकमा विष्णु गुरुङ नियुक्त

काठमाडौं : मनाङ मर्स्याङ्दी क्लबको मुख्य प्रशिक्षकमा विष्णु गुरुङ नियुक्त भएका छन् ।क्लबले जारी सिजनसहित दुई वर्षका लागि गुरुङलाई मुख्य प्रशिक्षक नियुक्त गरेको हो ।

नियुक्तिपछि गुरुङले भनेका छन्, ‘मनाङका लागि खेल्ने सपना थियो, अहिले त्यही क्लबको प्रशिक्षक बन्न पाउँदा खुसी छु ।’

१९ फागुनदेखि सुरु भएको शहीद स्मारक ए डिभिजन लिगमा मनाङले १३औं चरणमा आउँदा लगातार ६ हार व्यहोरेसँगै किरण श्रेष्ठले राजीनामा दिएपछि मनाङ प्रशिक्षक विहीन थियो ।

मनाङको प्रशिक्षक बनेका विष्णुयसअघि ए डिभिजन लिगको नवप्रवेशी टिम एफसी खुमलटारका टेक्निकल डाइरेक्टर थिए । उनले मनाङ जाने भएपछि बुधबार मात्रै राजीनामा दिएका थिए ।