रोल्वालिङ अस्पतालमा जटिल अप्रेसन गर्न सफल डाक्टर बिबेक

दोलखा : भौगोलिक हिसाबले दोलखा जिल्लाको सुदुरउत्तरमा पर्ने अपरतामाकोसी हाइड्रोपावर प्रवेशद्वारमा अबस्थित बिशेश गरि तीन ओटा गाउपालिकाको केन्द्रिय बजारको रूपमा मानिने सिङ्गटी बजारमा अबस्थित रोल्वालिङ सामुदायिक अस्पताल बिगत केही वर्ष अगाडि सन्चालन आएको र विशेष गरि ग्रामीण भेगका समुदायको सहुलियत दरमा उपचार गर्दै आएको थियो कम जनशक्ति बाटनै सेवाग्राहीको मन जित्न सफल अस्पतालमा हाल वरिष्ठ अर्थोपेडिक डाक्टर विवेक श्रेष्ठ आए लगतै जटिल किसिमका सल्यक्रिया समेत स्थानीय स्तरमा नै हुन थालेपछि सेवाग्राहीहरु लावन्वित भएका छन।

रोल्वलिङ सामुदायिक अस्पतालको संचालक सुब्बा खड्काको अनुसार जेष्ठ नागरिक र नाबालक नाबालिकाको लागि विशेष सहुलियतको ब्यबस्था हुनुको साथै गरिब तथा जेहेन्दारको हकमा समेत सहुलियतको ब्यबस्था गरिएको उनको भनाइ छ।भाबी दिनमा  काठमाडौको महङ्गो अस्पतालको सरह सेवा सुबिधा ग्रामीण भेगका समुदायलाई सहुलियत दरमा पुर्याउने लक्ष्य रहेको सन्चालक खड्काको भनाइ छ।

सहरका महङ्गो हस्पिटलमा सेवा गर्नुभन्दा निजि हस्पिटल नै भएपनी ग्रामीण भेगका जनतालाई आफ्नो अनुभव र दक्षता अनुसारको सेवा दिन सके अनन्तकाल सम्म उनिहरुले सम्झिरहने कमाइलाई भन्दापनी सेवाको भावनालाई पहिलो प्राथमिकतामा राखेर आफुले काम गर्ने रोल्वालिङ अस्पतालको डाक्टर विवेक श्रेष्ठले बताए ।