गिति कविता : मायालुको मायामा…

मायालुको मायामा रमाउन सकूँ,सधैँ माया पाउन सकूँ ,
सधैँ साथमा रहन सकूँ ,दिलमा माया राख्नसकूँ ।

यो मनमा हावा चली मन उडाएको छ,
त्यो मनको खुसीले खुसीको अनुभूति भएको छ ।
सोच्ने गर्छु सधैँ सँगै बाच्ने आशा छ,
माया प्रेमको पवित्र बन्धन स्वीकार छ ।

तिम्रो साथमा जिन्दगीको अधुरो यात्रा पुरा गर्नु छ,
आउँ बस मायालु मनको कुरा गर्नु छ ।
मुटु भरि माया छ हृदयको छेउमा पुग्नु छ ,
तिम्रो दिलको पानामा मेरो नाम लेखेको छ ।

पिरतीको संसारमा पिरतीको फूल फुलाउन सकूँ ,
मायालुको मायामा रमाउन सकूँ, सधैँ माया पाउन सकूँ ।
मुटुको ढुकढुकी तिमिले सुनिदेऊ ,
त्यो मनलाई खुसी राखी हँसिलो मुहार बनाऊ ।

गोबिन्द राज ओझा (राजन)
दिपायल सिलगढी न.पा.२ दिपायल डोटी