कविता – हामी भेट्ने छैनौं : सरन सापकोटा

हामी कहिल्यै भेट्ने छैनौं !
अब
हामी कहिल्यै भेट्ने छैनौं ।
समुन्द्र भए पछि छुट्टिन पर्छ भने
बरु ……बरु…..
समुन्द्र भए पछि छुट्टिन पर्छ भने
नाली हुँदा मै माटो मा मिसिनू राम्रो हुन्छ।।

भेट्दा खेरी कतै कसै सँग मन फाट्छ भने
बलियो सम्बन्ध छिन भर मै टुट्छ भने
छुटिनु पर्ने अवस्थामा हामी कहिले पनि भेट्न छैनौं ।।
दाजु भाई भेट्दा रिस र राग हुन्छ भने
देवर भाउजु भेट्दा गाउँले अर्कै सोच्छ भने
,,,हामी अब कहिल्यै भेट्न छैनौं ।

मनमा पिर हुँदा घिउमा आगो थपेको हुन्छ भने
मानवताको नाता नै टुट्छ भने
घर परिवारमा झगडाको बिउ भेटले गर्छ भने
घर भित्रै विश्व युद्ध सधैं पर्छ भने
सहाराको आश सधैंको लागि मेटिन्छ भने
हामी कहिल्यै भेट्ने छैनौं ।
हामी कहिल्यै भेट्ने छैनौं ।

साथी भाई मा विकृति को आगो बल्छ भने
भिर मा बस्दा भुइँचालो थपिएको जस्तो हुन्छ भने
वार पिपल को छाहारीमा बस्दा, बस्दै रुख ढलेको जस्तो हुन्छ भने
हामी कहिल्यै भेट्ने छैनौं ।

प्रेमिका लाई भेट्दा चाँडै छुट्टी एक्लै बस्न पर्ने भए
पूर्णिमा को दिन नि औंसी को दिन जस्तो भोग्नु परे
रिस रिस मै रिसाउँदै चिन्दिनँ तँलाई भन्दै हिड्नु परे
भेटम भन्दा मेरो मन नै छैन भन्छौ भने
जे परेनि गर्छु भन्दा भनेको सुन्दा सुन्दै जिउँदै मर्छु भन्छौ भने
हामी कहिल्यै भेट्ने छैनौं ।

सर मिस लाई देख्दा विद्यार्थी भाग छ भने
असल बन् बन् भन्दा भन्दै कुलतमा फस्छ भने
सचनजन बनाउने प्रयास जारी राख्दा राख्दै खराब नै बन्छ भने
हामी कहिल्यै भेट्ने छैनौं ।

कविता गजल लेख्ने प्रयास गरेको छु,
यो क्षेत्र मा भिज्न आएको छु हौसला को सट्टा हेला आउँछ भने
चारै तिर गाली नै गाली छाउँछ भने
हामी कहिल्यै भेट्न छैनौं
हामी कहिल्यै भेट्ने छैनौं ।