बुनु श्रेष्ठको नेपाल भाषाको पहिलो सोलो गीत ‘बहनिया मिला’ सार्वजानिक (भिडियो सहित)

काठमाडौं:  गीतकार प्रकाशदीप श्रेष्ठको शब्द रचना तथा गायिका बुनु श्रेष्ठको स्वरमा सजिएको नेपाल भाषाको गीत ‘बहनिया मिला’ एक समारोह विच सार्वजनिक भएको छ ।

संगीतकार निल शाक्यको संगीत सिर्जना रहेको उक्त गीतमा भूपेन्द्र बज्राचार्यको संगीत संयोजन रहेको छ भने उक्त गीतलाई साउण्ड इन्जिनियर महेश्वरमान राजभण्डारीले मिक्सिङ तथा मास्टरिङ गरेका छन् । फुर्पा पाख्रिनले स्टुडियो साउण्ड मिलमा रेकर्ड गरेका उक्त गीतको भिडियोको निर्देशन अनुप चापागाईले गरेका छन् ।

गोकणर् फोरेष्ट रिसोर्टको सुन्दर पृष्ठभूमिमा छायाकंन गरिएको प्रेमकथामा आधारित म्युजिक भिडियोमा मोडल गायिका बुनु श्रेष्ठ र धिरेन शाक्यको शसक्त अभिनय रहेको छ । भिडियोमा उत्तम हुमागाईको छायाँकन तथा प्रेम रसाइलीको नृत्य निर्देशन एवं विकास धमलाको सम्पादन रहेको छ ।

प्रेमानुभूति झल्कने उक्त गीतमा एक युवतीको आफ्नो प्रेमी प्रतिको विश्वासको भावलाई दर्शाइएको छ, आफ्नो प्रेमीले मायालु भावमा जे नाम दिए पनि स्वीकार्य हुने र यस्तै माया यो जुनी मात्र होइन, जन्म जन्म पाउने आशा गीतको भावमा झल्किएको छ ।

गायिका बुनु श्रेष्ठको नेपाल भाषाको पहिलो शोलो गीत बहिनिया मिला स्टुडियो साउण्ड मिलको अफिसियल युट्यूव च्यानलमा हेर्न सकिन्छ । भिडियोको लागि यो लिंकमा क्लिक गर्नुहोला ।