दैलेखमा थप १०दिन निषेधाज्ञा

पुष्कर खड्का
दैलेख :दैलेखमा थप १० दिन निषेधाज्ञा थपिएको छ ।बिश्वभर तिब्र रुपमा फैलिएको कोभिड १९ को नयाँ भेरियन्ट रोकथाम तथा नियन्त्रण को लागि मिति २०७८साल जेठ २१ गते राति १२बजेसम्म निषेधाज्ञा थप गरिएको हो । दैलेखमा गत महिनाको २१ गते मङ्गलबार राति १२ बजेबाट निषेधाज्ञा घोषणा गरेको हो ।

निषेधाज्ञा भर अति आबश्यक काम बाहेर हिडडुल गर्न निषेध गरिएको छ ।दैलेखमा भने निषेधाज्ञा थप कडाईका साथ अगाडि बढाउनको लागि प्रहरी ,सशस्त्र प्रहरी र आर्मिलाई   विभिन्न ठाँउमा परिचालन गरिएको छ ।

अरु सबै ब्याबसाय बन्द भयता पनि तरकारि पसल र खुद्रा खाद्यान्न बिहान ६ बजेदखि ८ः३० बजेसम्म खोल्ने प्रशासनले बताएको छ ।साथै कोरोना बाट आफुपनि बच्न र अरुलाई पनि बचाउँन विभिन्न खाले सुचना प्रसारण गरिएका छन ।