

काठमाडौं : नवजीवन परोपकार समाजले आफ्नो पाचौं वार्षिकोत्सव तथा नवजिवन एक चिनारी नामक पुस्तक सार्वजनिक कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा नवजीवनको पाँचौ वार्षिकोत्सव तथा नवजीवन एक चिनारी पुस्तक बिमोचन साथै नवजीवनको बन्न लागेको भवनको सिलान्यास तथा पिलर हाल्ने कार्य भएको छ । प्रमुख अतिथि तारकेश्वर नगरपालिकाका मेयर कृष्ण हरि महर्जनले उद्घाटन,विमोचन तथा शिलान्यासपछि मनतब्य राख्दै भने आज शिलान्यास भएको भवन बनाउनमा नगरपालिका र आफ्नो व्याक्तीगत सहयोग पनि रहने बताए । साथै उनले यो आश्रम आफ्नो वडामा हुनु र नेपालकै मानिसको मात्र होइन पशुपंक्षिको समेत उद्दार गरेर उपचार,पुनः स्थापना तथा संरक्षण गर्ने काम गर्दै आएकोमा खुशी व्याक्त गरे ।
त्यसैगरी कार्यक्रमकी विशिष्ट अतिथि सम्माननिय पूर्व प्रधान न्याधिस शुसिला कार्कीले मानिसको मात्रै नभएर समग्र पशुपंछीको समेत संरक्षण गर्ने नवजीवनसंग आफु जोडिन पाउदा खुशी व्यक्त गरिन साथै उनले यस आश्रमलाई एकजनाले मात्र गरेर केहि नहुने हुदा सबै मिलेर अगाडी बढाउन पर्नेमा जोड दिइन भने यस कार्यका लागि आफुले सक्दो सहयोग गर्ने पनि बताईन ।
कार्यक्रममा विशिष्ट अतिथिहरु मननिय नारायण शर्मा,माँ बगाला,लामा गुरु पेमा लामाले समेत संस्थाको बारेमा बोलेका थिए ।संस्थाका अध्यक्ष दुर्गानाथ दाहालले हामीले जे जति सफलता हासिल गरेका छौं त्यो सबै विभिन्न मनकारी व्याक्तीहरुको साथ सहयोगले सम्भव भएको र संस्थामा आवद्ध व्याक्तीहरु सबैले आफ्नो सम्पूर्ण मन,धन र तन लगाएर यहासम्म ल्याएकोमा धन्यवाद समेत दिए ।
वर्षिकोत्सबको अवसरमा सदाझै यस पटक पनि संस्थाले सम्माननिय पूर्व प्रधान न्याधिस सुशिला कार्की,उद्योगपति शेखर महत र राजकुमार कार्की ,समाजसेवी दिपा भण्डारी र पत्रकारहरु चक्र प्रसाद पोख्रेल र मायालु लामालाई सम्मानित गरेको छ । साथै कार्यक्रममा संस्थाका नव आजिवन सदस्यहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।
कार्यक्रम संञचालन संस्थाकी सचीव सान्ती तिवारी र सदस्य तथा समाजसेवी भरत विडारीले गरेका थिए ।
फोटो : चक्र प्रसाद पोख्रेल (भिजन न्युज नेपाल)
