काठमाडौं उपत्यकाको विभिन्न ठाउँमा चोरी गर्दै हिँड्ने दुईजना पक्राउ

काठमाडौं: काठमाडौं उपत्यकाको विभिन्न ठाउँमा दिउसोको समयमा चोरी गर्दै हिँड्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । चोरीमा मण्डिखाटार स्थित गेस्ट हाउसमा बस्ने अर्जुन परियार र रोशन गौतमको संलग्नता रहेको भन्ने खुल्न आएको प्रहरीले जानकारी दिएको छ ।

गत फागुनमा धापासी हाइट स्थित भेषराज दाहालको घरको कोठाको ढोका फोडी सुनका विभिन्न गरगहना तथा नगद गरी झन्डै ८ लाख मूल्य बराबरको धनमाल चोरी भएको भनी निवेदन प्राप्त भएपछि टोखा प्रहरीले गरेको अनुसन्धानको क्रममा चोरीको आरोपमा दुई जना पक्राउ परेका हुन् ।

उनिहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान तथा कारबाहीको लागि प्रहरी वृत्त महाराजगन्ज पठाइएको प्रहरी स्रोतले जनाएकाे छ ।