

धनगढी : सुदूरपश्चिम विश्वविद्यालयका १० वटा आंगिक क्याम्पसहरुमा स्ववियुको नेतृत्वका लागि आज निर्वाचन हुँदै छ ।
विश्विद्यालयको अन्तर्गतका १५ क्याम्पसमध्ये १० क्याम्पसमा बिहान ८ बजेदेखि स्ववियु निर्वाचनका लागि मतदान हुन लागेको हो । स्ववियु निर्वाचनका लागि गत १ चैतमा मनोनयन दर्ताको समय भएपनि आन्तरिक विवादका कारण केन्द्रीय क्याम्पसहितका ५ क्याम्पसमा मनोनयन दर्तासमेत हुन सकेको थिएन ।
तर, केन्द्रीय क्याम्पसले आगामी २१ गते निर्वाचनको नयाँ मिति तय गरेपनि अन्य ४ क्याम्पसमा भने निर्वाचनको मिति अझै तय हुन सकेको छैन । बाँकी ४ क्याम्पसमा स्ववियु निर्वाचन गराउनका लागि बिद्यार्थी संगठन र क्याम्पस प्रशासन अझै छलफलमा रहेका छन् ।
