

कृष्ण रसाइली
काठमाडौं : हरेक वर्ष घोडेजात्राको अघिल्लो दिनदेखि तीन दिनसम्म उपत्यकाका नेवार समुदायले “पाहाँचह्रे” मनाउने गर्छन् । स्थानीय नेवार समुदायको यो दशैँपछिको ठूलो पर्व हो । नेपालभाषामा “पाहाँ”को अर्थ पाहुना र “चह्रे” भन्नाले चतुर्दशी हो ।
शुभ अभियान मिडिया,नेपालले पाहाँचह्रे पर्वको अवसरमा समाजका विविध क्षेत्रमा योगदान पुर्याउने महिलाकर्मीहरुलाई एक कार्यक्रमका बिच सम्मान गरेको छ। सम्मान कार्यक्रम २०७९ चैत्र ०४ गते आइतबारको दिन काठमाडौं क्षेत्रपाटी स्थित क्षेत्रपाटी पार्टी प्यालेसमा भएको एक औपचारिक कार्यक्रमका बिच सम्पन्न भएको थियो ।
उक्त औपचारिक कार्यक्रममा शिक्षा क्षेत्रमा योगदान पुर्याउने विद्यादेवि चित्रकार, स्वास्थ क्षेत्रबाट दिल कुमारी डंगोल, साहित्य क्षेत्रबाट लोचनतारा तुलाधर, संचार क्षेत्रबाट राज्यलक्ष्मी शाक्य र सामाजिक क्षेत्रबाट गिता गुरुङलाई उनीहरुको अमुल्य योगदानको उच्च मुल्यांकन गर्दै सम्मान गरिएको कुरा शुभ अभियान मिडिया,नेपालकि अध्यक्ष र कार्यक्रम संयोजक प्रेरणा शाक्यले जानकारी गराए ।
नेवा: पत्रकार राष्ट्रिय पत्रकार दवु:का केन्द्रीय अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठ ज्युकाे प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा सम्मानित ब्यक्तित्वहरु र उपस्तिथित वक्ताहरुले महिला सशक्तिकरण, हरेक क्षेत्रमा महिलाहरुको सक्रिय सहभागीता, बलियो उपस्थिति, नेतृत्वदायी प्रतिनिधित्वका साथै समग्र राष्ट्रिय एकता र समृद्धिको लागि महिलाहरुको भुमिकाको बारेमा प्रकाश पारेका थिए।
साथै यस्ता सम्मान कार्यक्रमहरुले हरेक क्षेत्रमा थप महिलाहरु अगाडि बड्नलाई प्रोत्साहन मिल्ने कुरामा जोड दिदै कार्यक्रममा पुर्व संघीय सांसद जीवन डंगोल, बागमती प्रदेशका सांसद शैलेन्द्र बज्राचार्य, काठमाडौ महानगरपालिका वडा न. २० का वडा अध्यक्ष राजेन्द्र मानन्धर लगाएतको उपस्थित रहेको कुरा पनि कार्यक्रम संयोजक शाक्यले जानकारी गराउनु भयो।
