

सुर्खेत : सुर्खेत महिला जेसीजको आयोजनामा वीरेन्द्रनगर नगरपालिका–६ का महिलाहरुका लागि एक दिन उद्घोषण कला तालिम सम्पन्न भएको छ ।
वडाभित्रका १५ वटा टोल विकास समितिबाट सहभागी ३० जना महिलाहरुलाई नेतृत्व तथा व्यक्तित्व विकासका लागि उद्घोषण कला तालिम दिइएको अध्यक्ष सीता भण्डारीले जानकारी दिइन् ।
वडा कार्यालयको सहयोगमा सञ्चालन गरिएको तालिममा सहभागी महिलाहरुलाई पत्रकार माया थापाले तालिम दिएकी थिइन् । कार्यक्रमको उद्घाटन २०१३ का अध्यक्ष ज्योति कार्की पौडेलले गरेकी थिइन् ।
उद्घोषण कला तालिमको सञ्चालन महासचिव कमला बस्यालले गरेकी थिइन् भने तालिममा निर्वतमान अध्यक्ष मनिषा कौशललगायको सहभागीता रहेको थियो ।
