

निराज रानाभाट
चितवन : चितवन जिल्लाको भरतपुर महानगरपालिका -२६, ज्योतिनगरमा रहेको कालिका संस्कारकुलम आवासिय माध्यमिक विद्यालयमा नेपाली सांगीतिक क्षेत्रका चर्चित सदावहार वरिष्ठ गायक आनन्द कार्की सम्मानित भएका छन ।
विद्यालयको ३१ औं अभिभावक दिवस एवम् सम्मान कार्यक्रममा सांगीतिक क्षेत्रमा महत्वपूर्ण योगदान दिएका गायक कार्कीलाई सम्मान गरिएको हो । गायक कार्की नेपाली सांगीतिक धरातलमा विगत लामो समयदेखि आफूलाई अग्रस्थानमा राख्दै आएका कार्की गायनबाट अन्तरराष्ट्रिय क्षेत्रमा समेत देशलाई चिनाउन सक्रिय छन ।
उनले गजल, भजन, आधुनिक र चलचित्रका समेत गरी ६ हजार भन्दा बढी गीत गाइसकेका छन । नेपाली गीतमा मात्र होइन, हिन्दी गीतमा पनि उनको उत्तिकै प्रभाव छ ।
कार्यक्रममा समाजसेवी महिला अधिकारकर्मी मञ्जु खाँडलाई पनि सम्मान गरिएको थियो । भरतपुर महानगरपालिकाका नगर उप – प्रमुख चित्रशेन अधिकारी प्रमुख अतिथि रहेको सो कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ॠषिराम घिमिरेको अध्यक्षतामा सम्पन्न भएको थियो ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक राम प्रसाद घिमिरे र सहायक प्रधानाध्यापक दिवस घिमिरे लगायतले शुभ – कामना मन्तव्य व्यक्त गरेको थिए ।
