

सुरेन्द्र मण्डल
मोरङ : मोरङको रंगेली नगरपलिका वडा नम्बर-५ आमगाछीमा लघुवित्त वित्तीय संस्थाबाट ऋण लिने व्यक्तिहरु मध्ये ४० प्रतिशत व्यक्तिले उक्त संस्थाबाट आफ्नो जीवन उकासेका छन् भने ६० प्रतिशत व्यक्तिले उक्त संस्थाबाट ऋण लिएर लाखौंको कर्जादार बनेका छन् ।
यस्ता लघु वित्तीय जुनसुकै संस्थाले भोकाएको व्यक्तिलाई एकछाक खाना खुवाई दिनभरि काम गराई खानाको मोल असुली गर्ने नीतिअनुरुप यी संस्थाहरुले आफ्ना ढुकुटी भरिरहेको स्थानीय बुद्धिजीवीहरूको भनाइ रहेको छ ।केही वर्षपहिले बिपन्न वर्गमा उनीहरुको गाँस, बास र लगाउने लुगाबाट आर्थिक स्थिति कस्तो छ भन्ने कुरा हेरेर थाहा हुन्थ्यो तर आजभोलि बिपन्न र गरिब भन्ने कसैलाई पनि भेष भुषा बाट चिन्न सकिँदैन ।
हेराइबाट धेरै नै सम्पन्न भइसकेको समाज हो ,भन्ने कुरामा दुईमत छैन । यस्ता बिपन्न परिवार ,मजदुर परिवारको व्यक्तिगत आर्थिक स्थितिलाई भित्रबाट हेर्ने हो भने लघुवित्त वित्तीय संस्थाबाट ऋण लिएर यसरी डुबेका छनकी यस्ता परिवारलाई कर्जा मुक्त हुन बर्षौ लाग्नेछ ।
यस ठाउका थुप्रै घर परिवार ऋण लीएर कुनै व्यापार व्यवसायमा लगानी नगरी समाजका सम्पन्न परिवारको बराबरी गर्ने सोचले मोबाइल,टिभी, यल.ई. डी,सोलर,ग्यास चुल्हाका साथै पक्की घर निर्माण कार्यमा लगानी गरिरहेका छन । यस्ता परिवारका छोराछोरी पढ्नुपर्ने अवस्थामा मजदुरी गरेर खाने र कोही विदेश जाने बाध्य भएका छन् । यसै ऋण तिर्न नसकी राज कुमार मण्डल घरबार विहिन भएको र हाल ४ महीना देखी रंगेली ५ आमगाछीका बबिता देबी मण्डल र उसको श्रीमान मनोज मण्डल घर नआएको स्थानीयहरू बताउछन् ।
यस्ता परिवारको पुरै घरको अम्दानी २ लाखको नपुग्दैमा ऋणको रकम १० लाख भन्दा माथी पुगी सकेको देखिन्छ । यी परिवार कुनै एक संस्था बाट ऋण मात्र नलिई स्थानीय सबै संस्थाबाट ऋण लिएको देखिन्छ । यति मात्र हैन गाउँघरमा रहेका शाहुसँग समेत ऋण लिएको देखिन्छ ।
कुनैपनि प्रा.ली. बैंकले धितोको बिना एक हजार पनि अण दिदैन तर गाउँको टोलटोलमा केन्द्र बनाए समूह बनाएका यी लघुवित्त वित्तीय संस्थाहरुले ४देखि ५लाख सम्म ऋण दिइने गरेका छन् । यस्ता ऋण लिन कुनै धनीपुर्जा कागज प्रमाण नचाहिने र नेतालाई पनि गुहार लगाउनु नपर्ने ,मात्र समुहमा भएका सदस्य हरुले एक अर्कोलाई गरेको सिफारिसमा ऋण पाइने हुदा मात्र ऋण लीएर खाने सोचका साथ हरेक केन्द्रको समुहमा आवद्ध छन ।
हाम्रो देशको नीतिअनुरुप गाउँ वा शहरमा एउटा साधरण किरानाको पसल खोल्दा पनि ठाउँको चारकिल्ला, वडाको प्रमाणपत्र ,आन्तरिक राजस्व कार्यालयको प्रमाणपत्र आदि लिनुपर्ने हुन्छ र उक्त व्यापारीले बर्षको लाख दुई लाखको कारोबार नगरेपनि पाँच हजारको कर तिर्नुपर्ने हुन्छ । तर यस्ता लघुवित वित्तीय संस्थाहरुले एउटा कार्यालय दर्ता गरी पुरै नगर भरिमा पच्चिसौं वटा केन्द्र बनाई लाखौ करोडौंको कारोबार गरेको खण्डमा न घर भाडा लाग्ने ,न चारकिल्ला लिनुपर्ने न कुनै प्रमाणपत्र लिनुपर्ने र सरकारलाई ऊक्त कारोबारको कर पनि तिर्नु नपर्ने यस्ता बैंक कारोबार गर्न, यस समाजलाई सधै ऋणी बनाएर राख्ने लघुबित वित्तीय सस्थाको सोच रहेको स्थानीय बुद्धिजीवीहरूको भनाई छ ।
यस अन्तर्गत जीवन बिकास लघुवित्त वित्तीय संस्था प्रालिका डाईनीया शाखाबाट सञ्चालित ८१ नम्बरको केन्द्रमा २०७९ साल फागुन २९ गते सोमबार उक्त केन्द्रमा ठूलो हो हल्ला एवम गालीगलौच भएकोमा अस्थानिय योगेश्वर प्रसाद मण्डल ,बिवेक कुमार मण्डल,बिनोद कुमार मण्डल ,केशव कुमार मण्डल, बटेश्वर मण्डल ,श्रवन मण्डल लगायतका बुध्दिजिवी भेला भई घटनाको जाँचबुझ गर्दा उक्त समूहका सदस्य अरविन्द मण्डल किस्ता तिर्न असमर्थ रहेको र उपस्थिति पनी नदेखिएकोले हल्ला भइरहेको समुहका फिल्ड सहायक कमचारी सन्तोष मण्डलले बताए ।
स्थानीय बुद्धिजीवीहरुले प्रष्ट रुपमा बुझ्न खोज्दा अरविन्द मण्डलले एक वर्षपहिले ५ लाख रुपिया ऋण लिएको र प्रत्येक महिना १७ हजार रुपिया तिर्नुपर्नेमा सात किस्ता तिरिसकेको र आठौ किस्सताको लागी थपसमयको माग गरेकोमा समुहमा रहेका महिला सदस्यहरूले मण्डललाई गालीगलौज गरेका थिए । उक्त किस्ता नतिरे घरको छाना उखेलेर ल्याउने समेत धम्की दिएको थिए उनीहरुले दिएका छन ।
जीवन विकास लघुवित्त वित्तीय संस्था शाखा कार्यालय डायनीया बाट संचालित ८१ नम्बरको केन्द्रलाई हाल फिल्ड सहायक उमेश कुमार चौधरी र संतोष कुमार मण्डल दुबै मिली सञ्चालन गरिरहेको , विशेष बिबादका कारण जि.वि. जिल्ला कार्यालय मोरङबाट संतोष कार्की समेतले उक्त केन्द्रमा खटिएको देखियो । स्थानीय बुद्धिजीवीबाट उक्त केन्द्रको बचत तथा लगानीको कुरा गर्दा समूह तर्फबाट ११ लाख ८७ हजार रुपैयाँ बचत रहेको र १४ लाख ४७ हजार रुपिया समूहले ऋण उपभोग गरिरहेको केन्द्र सहायक संतोष कुमार मण्डल ले बताएका छन ।
समुहमा ऋण लिनुको साटो आफ्नै बचत निकाल्न पाउनु पर्छ भने कतीले आवाज पनि उठाएका थिए । तर बचतबाट झिक्न नपाउने बित्तय संस्थाहरुको नियम रहेको छ र यही बचत का कारण बिना धितो ४(५ लाख दिने गरेको प्रष्ट हुन्छ ।
संस्थाको नीति लाई हेर्दा हरेक सदस्यले ऐच्छिक बचत र पेन्सन बचत गर्नुपर्ने देखिन्छ । जनताले जम्मा गरेको बचतको ब्याज ६ प्रतिशत छ भने लिएको ऋणको ब्याज १५ प्रतिशत रहेको स्थानिय बताउछछन । उक्त बचत १०(१५ वर्ष भन्दा पहिले लिन नसक्ने हुनाले वित्तीय संस्थाहरू जन्ताको यही बचतबाट आफ्नो ढुकुटी भण्डार भरीरहेको बुद्धिजीवी हरुको तर्क रहेको छ ।
यसै सन्दर्भमा स्थानीय योगेश्वर प्रसाद मण्डल १ वर्ष पहिले यस जीवन विकास लघुवित्त वित्तीय संस्थाबाट समूहमा आवद्ध भई ऋण लिएका छन । किस्ता तिर्ने बेलामा संस्थाले तोकेको प्रतिशत भन्दा बढी प्रतिशतले तिर्नु परेको थाहा पाए । पछी ऋण चुक्ता गरी बचत रकम लिन ५ चोटी स्थानीय कार्यालयमा पुगे पनि अनेक बहाना गरी कर्मचारीले हैरान गरेका छन । हाल सम्म उसले बचत गरेको रकम उठाउन नसकेको बताए ।
समुह नं ८१ मा सदस्य रहेका श्रवन कुमार मण्डलकी श्रीमती (उक्त समुह रंगेली ५ आमगाछीका श्रवण कुमार मण्डलको घरदैलोमा संचालित छ )ले रू८५ हजार (किस्ता जम्मा गर्दा संस्थाको कम्प्यूटर मा रू८० हजार मात्र जम्मा भएको र हाल सम्म कम्प्यूटर मा रू८० हजार मात्र जम्मा भएको र हाल सम्म रू ५हजारको हिसाब नमिलेको उनके बताए ।
बित्तय संस्था का केन्द्रहरूमा मात्र महिला सदस्यहरू हुन्छन् यसमा पुरूष बस्न मिल्दैन । त्यस्तै कर्मचारी पनि महिला किन छैन भन्ने सवाल बुद्धिजीवीहरूको थियो ।समुहमा रहेका ९५ प्रतिशत महिला सदस्यहरूले किस्ताको सय कडा ५ भन्ने लेनदेन सम्बन्धित ज्ञान नरहेको बताउछन ।यसरी लुट धन्दा मच्चाउने समूहलाई कहिले कारबाही गर्ने सरकार उनीहरु यस भनिरहेका छन ।
