आज चैत्र ४ गते शनिवारको दैनिक राशिफल

मेष : चु, चे, चो, ला, लि, लु, ले, लो, अ
छिमेकमा असमझदारी बढ्ने हुँदा होसियारीसाथ काम लिनुहोला। फाइदाका लागि केही वस्तु त्याग्नुपर्ला। व्यवसायमा लगानी बढाउनुपर्ला। बलजफ्तीको व्यवहारले व्यर्थैमा समस्या निम्त्याउन सक्छ ।

वृष : इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ।

मिथुन : का, कि, कु, घ, ङ, छ, के, को, ह
रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन्।

कर्कट : हि, हु, हे, हो, डा, डि, डु, डे, डो
पराक्रमी कार्य सम्पादन गर्दै नाम र दाम कमाउने बेला छ। उद्योग र व्यापारमा पनि मनग्य लाभ हुनेछ। मिहिनेतले जीवनशैलीमा सुधार ल्याउनेछ। लगनशीलताले विभिन्न अवसर दिलाउनेछ।

सिंह : मा, मि, मु, मे, मो, टा, टि, टु, टे
दैनिक आवश्यकता पूरा हुनेछन् भने मिहिनेतको फल प्राप्त हुनेछ। आम्दानी बढ्नाले उत्साह जाग्नेछ। श्रमको उचित मूल्य पाइनेछ। व्यापारमा राम्रै फड्को मार्न सकिनेछ ।

कन्या : टो, प, पि, पु, ष, ण, ठ, पे, पो
हडबडीले काम बिग्रनेछ भने सानो गल्तीले मौका गुम्न सक्छ। आत्तिने बानीले बोलीको गलत अर्थ लाग्न सक्छ। अरूको मुख ताक्ने बानीले आफ्नो काम अधुरो रहनेछ।

तुला :र, रि, रु, रे, रो, ता, ति, तु, ते
अवसर आए पनि नयाँ काम थाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला। शारीरिक कमजोरीले चिन्ता बढाउन सक्छ। अरूका लागि समय, धन र बुद्धि खर्चनुपर्ला।

वृश्चिक : तो, ना, नि, नु, ने, नो, या, यि, यु
प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला। परिबन्धले अप्ठ्यारो स्थिति निम्त्याउन सक्छ। सम्भावना देखिए पनि सोचेको उपलब्धि प्राप्त नहुन सक्छ।

धनु : ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
परिबन्धले केही चुनौती निम्त्याउन सक्छ। केही उपलब्धिको स्रोत भने पहिल्याउन सकिनेछ। व्यापारमा लाभ लिने समय भए पनि तत्काल लाभांश प्राप्त नहुन सक्छ। प्रियजनको साथले नयाँ आशा जगाउनेछ।

मकर : भो, ज, जि, खि, खु, खे, खो, गा, गि
बेसुरमा वचन दिने बानीले समस्या निम्त्याउनेछ। साझेदारीमा पहिलेको सम्झौता भंग हुन सक्छ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला। अरूको सुझावमा भर नगनुहोला ।

कुम्भ : गु, गे, गो, सा, सि, सु, से, सो, द
अप्ठ्यारो परिस्थिति अँगाल्दै अघि बढ्नुपर्ने समय छ। समयको मागअनुसार चल्न नसक्दा चिताएको काममा विलम्ब हुन सक्छ। अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ला। हल्लाको पछि लाग्दा दु:ख पाइनेछ। तापनि, लगनशीलताले परिस्थितिलाई बदल्नेछ र पछि लाभ छ ।

मीन : दि, दु, थ, झ, ञ, दे, दो, च, चि
प्रयत्न गर्दा राम्रै प्रतिफल प्राप्त हुने समय छ। शत्रुभाव राख्नेहरू स्वयं कमजोर हुनेछन्। पछिसम्म लाभ हुने काम प्रारम्भ गर्ने समय छ। भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ हुन सक्छ।