

काठमाडौं : आइसीसी विश्वकप लिग २ त्रिकोणात्मक एक दिवसीय सिरिजको अन्तिम खेलमा नेपालले पहिलो विकेट लिएको छ।
नेपालका लागि ललित राजवंशीले दोस्रो ओभरको पाचौं बलमा यूएईका आर्यन लाक्रालाई बोल्ड आउट गरेका हुन्। ३ ओभर सकिँदा यूएईले १ विकेट गुमाएर १९ रन जोडेको छ। लिग २ सिरिजकै अन्तिम खेलमा नेपालले युएईसँग खेल्दैछ।
