अग्ला भवनले निम्त्यायो जोखिमः कोही हाम्फालेर आत्महत्या गर्दै, कोही बार्तलीबाट खसेर मर्दै !

पछिल्लो दुई दशकयता अग्लाअग्ला घर बनाउने क्रम ह्वात्तै बढेको छ । काठमाडौं उपत्यकासहित देशैभरि अग्लाअग्ला भवन ठड्यिरहेको छ । नेपालमा १८ तलासम्मका भवन बनेका छन् । जुन अहिले आत्महत्या गर्ने थलो बनेको छ । घरायसी झगडा या केही तनाव भयो कि त्यहाँबाट हाम्फाल्छन् । हालैमात्र पनि त्यस्तै प्रकृतिको घटना घटेको छ । सरकारले त्यस्ता घरलाई सम्पुर्णतताको प्रमाणपत्र दिनुहुँदैन् । खरिदबिक्री र नामसारीमा पनि रोक लगाउनुपर्यो । घरधनीहरुले आफ्नो फाइदाका लागि अग्लाअग्ला घर बनाएका छन् ।

तर, त्यो ज्यान लिने माध्यम बनेको छ । कि त छतमा जान दिनुभएन् । अग्ला घरबाट हाम्फालेर कसैको ज्यान गयो भने त्यसको जिम्मा कसले लिन्छ ? सरकार नागरिक गुमाउने अनि घरधनी भाडा उठाउने । यो त भएन् नि । यता, यी घरहरु मापदण्डअनुसार निर्माण गरिएका छैनन् । अलिक ठूलो भूकम्प आयो भने सबै तहसनहस हुन्छ । यसअघि फ्यानमा झुण्डिएर आम नागरिकले ज्यान त्याग्ने गर्दथें । यसलाई मध्यनजर गर्दै सरकारले कोठामा फ्यान राख्न रोक लगायो ।

अब अग्ला घरमा पनि प्रतिबन्ध लगाउने बेला आएको छ । मठमन्दिर, सरकारी कार्यालय, प्रहरी कार्यालयलगायत अन्य निकायको दायाँबायाँ अग्ला घर बनाउन नपाइने प्रावधान छ । सरकारी कार्यालयको दायाँबायाँ उक्त कार्यालयभन्दा अग्ला घर बनाउन नपाइने भनिएतापनि त्यो कार्यान्वयनमा आउन सकेको छैन् । नक्सालमा रहेको प्रहरी हेडक्वार्टरअगाडि अग्लो घर बनेको छ । सिंहदरबार, संघीय संसद् भवनको छेउछाउ पनि अग्लो भवन छ ।

सरकार आफूले बनाएको नियम आफैंले लागू गर्न सक्दैन्, अनि नियम बनाउनुको फाइदा के ? भोलि केही कारणले राजनीतिमा संकट आयो भने त यसले धेरै जोखिम निम्त्याउन सक्छ । आतंककारीले अग्ला भवनमा बसेर त्यहाँ भइरहेको सबै क्रियाकलापबारे जानकारी लिन सक्छ । यसले ठूलो धनजनको क्षति निम्त्याउँछ । काठमाडौं महानगरपालिकाले सरकारी निकायको अगाडि यस्ता घर बनाउन नक्शा पास गरिदिनु हुँदैनथ्यो । महानगरपालिकाको कमीकमजोरीले गर्ने क्षति ठूलै छ ।

सरकारले घर बनाउनअघि अनिवार्य माटो चेक गर्नुपर्ने कानुन बनाएको छ । तर, त्यो कहाँ कार्यान्वयन भएको छ त ? अहिले पनि माटो परीक्षण नगरिकन घर बनाउने काम भइरहेको छ । वालुवाजस्तो माटोमा अग्ला घर निर्माण भएका छन् । यता, जग्गा पनि एकदमै थोरै छ । छेउछाउ जग्गा छोडेको पनि छैन् । सबै घरहरु टाँसिएर बसेका छन् । भूकम्प त बाजा बजाएर आँउदैन् । २०७२ सालमा भूकम्प जाँदा घरभित्रै च्यापिएर धेरैको ज्यान गयो । अपार्टमेण्टहरु पनि ध्वस्तै बन्यो ।

सरकारले यहाँबाट पाठ सिक्नुपर्ने होइन् ? भूकम्प आउँदा यसले धेरै क्षति गर्छ । सबै घर टाँसिएर बनाउँदा थप जोखिम बढेको छ । एउटामा क्षति पुग्यो भने सबै सोत्तर हुन्छन् । मान्छे मरेपछि टाउको गन्नुभन्दा दुर्घटना हुन नदिनु नै सबैभन्दा ठूलो कुरा हो । तर, सम्बन्धित निकायले यो कुरा बुझ्दैन् ? अहिले जतिपनि सबै घर बनेका छन्, ती सबै व्यक्तिका हुन् । व्यापारीले निर्माण गरेका छन् । हाउजिङ कम्पनीहरु पछिल्लो समय व्यापक खुलेका छन् ।

यी सबैको एउटै उद्धेश्य कमाउनु मात्र हो । भाडामा लगाउने अनि बसिबसि खाने । तर, यसले त राज्यलाई क्षति भइरहेको छ । एउटा नागरिक मर्यो भने राज्यको कति लगानी खेर जान्छ ? भर्याङबाट लडेर, बार्तलीबाट खसेर पनि धेरैको ज्यान गइरहेको छ । यता, लिफ्टको माध्यमबाट माथि र तल गर्नुपर्ने ठाँउमा पनि उत्तिकै जोखिम छ । भरपर्दो लिफ्ट छैनन्, कतिखेर बिग्रिने हो भनेर ओहोरदोहोर गर्नुपर्छ । लिफ्टमा अड्किएर कतिपयको त सातो उडिसकेको होला ।

अग्ला घरका कारणले अन्य बसोबासीलाई उत्तिकै सकस परेको छ । एकातिर एकदुई तलाको घर हुनेहरुले घाम ताप्न पनि पाँउदैनन् । अर्कोतिर, ती घर ढल्यो भने परपरका समेत सोत्तर हुन्छन् । त्यस्ता घर किन्नेहरु पनि कोही पाँइदैन् । एउटाले आफ्नो फाइदाका लागि अरुलाई पीडित बनाइराखेका छन् । पछिल्लो समय हाउजिङ व्यवसायी ह्वात्तै बढेका छन् । दुई करोडमा बनेको घर उनीहरुले तीन करोडमा बेच्छन् । तर, तिनले बनाएको घर एकदमै खतरापूर्ण छ ।

आकर्षित देखाउनका लागि उनीहरुले भर्याङ र टोइलेटमा चिप्लो मार्बल राख्छन् । कोही टोइलेटमा चिप्लिएर मर्छन्, कोही भर्याङमा । सरकारले यो विषयमा चासो दिँदैन् । व्यवसायीहरु आफ्नो फाइदा मात्र हेर्छन् । जनता बचाउने काम सरकारले नै गरेको छैन् । अरुलाई के मतलब ? सरकारले नक्शा पास गर्ने बेलैमा के–के राख्ने ? के नराख्ने भनेर स्पष्ट पारिदिनुपर्छ । घरमा गिजर राखेका छन्, त्यसले नै गुमसिएर मान्छे मारिरहेको छ । टायलमा चिप्लिएर ज्यान जानेहरु पनि यत्तिकै छन् ।

ढुंगा छापेर र सिसा टाँसेर घर बनाउनेको संख्या उत्तिकै बढेको छ । जसले बाटो हिँड्नेलाई त्रासमा पारेको छ । सिसा खसेर टाउको फुट्ने हो कि भनेर डराईडराई हिँड्नुपर्छ । अग्ला घरमा बस्नेहरु जोखिमले घेरिएका छन् । भूकम्प आयो भने उनीहरु माथिबाट तल आउन सक्दैनन् । आगलागी भयो भने पनि बच्न धेरै गाह्रो छ । उनीहरुले त्यही प्राण त्याग्नुपर्छ । अग्ला घरमा बस्नेहरु कँहीकतैबाट सुरक्षित छैनन् । आम नागरिकले पनि अग्ला घरमा बस्नुहुँदैन् भनेर सोचविचार गर्नुपर्छ । आफ्नो र आफ्नो परिवारको सुरक्षाका लागि पनि त्यस्ता घरमा बस्नुहुन्न । जहाँ गएर बसेपनि भाडा तिर्नु हो । त्यसैले पहिलै जोगिन बेश हुन्छ ।

सरकारले ऐनकानुन बनाउन सक्छ, कार्यान्वयन गर्न सक्छ । तर, जनता जन्माउन सक्दैन् । जुन सरकारले जनता जन्माउन सक्दैन्, ऊसंग मार्ने अधिकार पनि छैन् । जनताको बाँच्ने अधिकारमाथि सरकारले किन खेलबाँड गरिरहेको छ ? करका लागि जनताको ज्यान लिने काम भइरहेको छ । विकसित मुलुकमा घरजग्गा नै सरकारको स्वामित्वमा हुन्छ । त्यहाँ घर भाडामा लिनुपर्यो भनेपनि सरकारबाट अनुमति लिनुपर्छ । घरजग्गा सरकारको स्वामित्वमा भयो भने जनता जोगिन्छन् ।

यहाँ त ठ्याक्कै उल्टो छ । घरजग्गा सबै व्यक्तिको स्वामित्वमा छ । दुई आना जग्गामा पाँच तले घर ठड्याउने, भाडामा लगाउने । घरधनीलाई भाडा भए पुग्छ, त्यहाँ बस्नेको जिम्मा कसले लिने ? घरधनीलाई छाडा छोड्दा बहालको बस्नेको ज्यानमाथि खतरा आएको छ । शहरी विकास मन्त्रालय, शहरी विभाग, महानगरपालिका र स्थानीय सरकारले कहिले पनि शहरलाई व्यवस्थित र सुन्दर बनाउन खोजेनन् । १८ तले घरसंग एकतले घर जोडिएको छ । पैसा हुनेले रंग नलगाएका छन्, नहुनेले प्लास्टर मात्र गरेका छन् ।

यो पनि शहर हो ? यसलाई कुन आधारमा शहर भन्ने ? घर एकनासे हुनुपर्ने । रंग एकखालको हुनुपर्ने, घरमा अनिवार्य रुख रोप्नुपर्ने । खाली जग्गा छोड्नुपर्ने । सुन्दर शहर बनाउन त नियम बनाउनुपर्यो । कडाइका साथ पालना गर्नुपर्यो । काठमाडौं उपत्यका विकास प्राधिकरणले काठमाडौंका ९५ प्रतिशत घर मापदण्डविपरीत भएको बताएको छ । तर, मेयर र वडाध्यक्षले त्यस्ता घरलाई सम्पूर्णतताको प्रमाणपत्र दिइसकेका छन् । एक लाखदेखि १५ लाख रुपैयाँ खाएर यसअघिका जनप्रतिनिधिहरुले यस्ता काम गरे ।

जनप्रतिनिधिहरु जिम्मेवार नहुँदा अस्तव्यस्त र कुरुप शहर बन्यो । शहर सुधार्न कसैले चासो देखाएनन् । शहर सुन्दर र सफा बनाउनतर्फ कसैको ध्यान गएन् । शहरी विकास मन्त्रालयमा धेरै मन्त्री आए र गए । तर, सबै आफ्नो भुँडी भर्नतिर मात्रै व्यस्त बने । अहिलेका मेयर बालेन्द्र शाहले शहर सुन्दर बनाउन खोजेका हुन् । यद्यपि, उनको विरोधमा सबै राजनीतिक दलहरु उत्रिए । केही समययता उनी पनि गैरजिम्मेवार बनेका छन् । काठमाडौं जनताको काम छोडेर उनी महेश बस्नेतको घरमा पुगे ।

महेशले अब बालेनलाई भर्याङ बनाउने निश्चित छ । हिजो बालेनलाई थर्काउदाको नतिजा त उनले पाइसकेका छन् । अब उनलाई मख्ख बनाएर अर्को चुनाव जित्ने महेशको योजना हो । यो कुरा बालेनले बुझ्न जरुरी छ । महेशको होइन्, काठमाडौंबासीको गुलामी गर्नुपर्छ, बालेनले । किन कि काठमाडौंबासीले विश्वास गर्दा त उनी मेयर बनेका हुन् ।

अनुसा थापा
भक्तपुर