मोरङको बेलबारीमा रहेको माउन्ट एभरेष्ट इ. स्कुलको २३ औँ अभिभावक दिवश (फोटोफिचर)

केशु विरही

मोरङ : मोरङको बेलबारी ११ मा रहेको माउन्ट एभरेष्ट इङ्लिस स्कुलले विविध कार्यक्रमकाबिच आफ्नो २३ औ अभिभावक दिवश सम्पन्न गरेको छ । बेलबारी नगरपालिकाका प्रमुख दिलप्रसाद राईले अभिभावक दिवशको उद्घाटन गरेका थिए ।

कार्यक्रमको उद्घाटन पछि कार्यक्रमलाई संवोधन गर्दै नगर प्रमुख राईले बालबालिकाको सिकाइका लागि गरिने कार्यमा विद्यालयहरूले कञ्जुस्याई गर्न नहुने बताए । अपुरो शिक्षाले अब काम दिने बताउँदै सबैलाई गरिखान सक्ने बनाउनु पर्ने, त्यसको जिम्मेवारी शिक्षकका काँधमा रहेको बताए ।

साथै नगरप्रमुख राईले विद्यार्थीको चाहनाअनुसार विषय छान्न दिनु पर्ने बताए । सबै बिद्यालयहरूले आर्थिक अवस्था कमजोर भएका र बिपन्न समुदायका विद्यार्थीहरुलाई निःशुल्क शिक्षाको व्यबस्था गर्नुपर्नेमा जोड दिए ।

सोही अबसरमा विद्यालयले सिंगिङ, डान्सिङ आईडल, ड्रइङ कम्पिटिशन, स्टुडेण्ट अफ दि इअरका विजेतालाई पुरस्कार समेत प्रदान गरेको थियो । साथै विभिन्न साँस्कृतिक कार्यक्रमसहित हाँस्यकलाकार सुमन कार्कीको बेजोड प्रस्तुतिसमेत रहेको थियो ।

कार्यक्रममा सिंगिङ स्टार आइडलतर्फ कक्षा १० मा अध्यायनरत छात्र विशाल केसी घोषित भए भने कक्षा १० मा अध्यायनरत छात्र प्रशान्त न्यौपाने फष्ट रनरअप र कक्षा ९ की छात्रा रेबिका सुन्दास सेकेण्ड रनरअप घोािषत भइन् ।यस्तै कक्षा १० की करिमा घिमिरे डान्सिङ आइडलत घोषित भइन् भने कक्षा १० की स्नेहा माझी फष्ट रनरअप र स्मृति तामाङ सेकेण्ड रनरअप भइन् ।

त्यस्तै कक्षा १० की अविशा राउत स्टुडेन्ट अफ दि इयर घोषित भइन भने जमसेद अलि फष्ट रनरअप र प्रकृति भेटवाल सेकेण्ड रनरअप घोषित भए । कार्यक्रममा वक्तृत्वकला, गायन, नृत्य, चित्रकला, कविता बाचन, विज्ञान तथा साँस्कृतिक प्रर्दशनी, विद्यार्थीहरूले निर्माण गरेका रोबोट लगायत विविध सामग्रीहरूको प्रर्दशनीसमेत रहेको विद्यालयका प्रिन्सिपल जगत बस्नेतले जानकारी दिए ।

विद्यालय व्यबस्थापन समिति अध्यक्ष बलबहादुर मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन भने विद्यालयका सहायक प्रिन्सिपल नबिनकुमार राईको रहेको थियो ।