

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले नेपाल आयुर्वेदका लागि उचित गन्तव्य स्थल भएको बताएका छन् ।
शुक्रबार देखी राजधानीमा सुरु भएको सातौं अन्तर्राष्ट्रिय आयुर्वेद महा-सभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन् । उनले आयुर्वेदलाई प्राथमिकताका साथ अघि बढाउन सरकार प्रतिवद्ध रहेको समेत उल्लेख गरे ।
प्रधानमन्त्रीले आयुर्वेदलाई प्राथमिकताकामा राखी अघि बढ्न सरकार प्रतिबद्ध रहेको जनाए । उनले नेपाल आयुर्वेद क्षेत्रको प्राकृतिक भूमि रहेको र मुलुकमा विभिन्न प्रकारका प्राकृतिक औषधि लगायत अमूल्य जडिबुटी पाईने समेत बताए ।
सिंहदरबार वैद्यखानाबाट समेत आयुर्वेदलाई मुख्य प्राथमिकतामा राखेर काम गरिरहेको जनाउदै प्रधानमन्त्री दहालले भने – ‘आयुर्वेद अस्पतालका लागि औषधिहरुको मुख्य थलोको रुपमा नेपाललाई भारतले राखेको छ । अझै यसलाई हामीले प्रचारप्रसार गर्न आवश्यक छ ।’
नेपाल आयुर्वेद चिकित्सक संघले नेपाल महर्षि वेदिक फाउन्डेसन, अन्तराष्ट्रिय महर्षि फाउन्डेसन लगायतको सहकार्यमा उक्त अन्तराष्ट्रिय आयुर्वेद सम्मेलन आयोजना गरेको हो।
