
नेपालकै पहिलो क्रियटिभ ह्याट डिजाइनर हुन अनिता खाती क्षेत्री । पाल्पाको तानसेन स्थायी घर भएकी अनिताले खेर जाने सामग्री एवम् चराका प्वाँखबाट बनाएका डिजाइनहरूबारे पारखीहरूमाझ निकै चर्चा चल्ने गर्छ । कैयौं फेसन शोमा उनका डिजाइनहरूको प्रस्तुतति भइसकेका छन भने फेसनमा नयाँपन दिनुमा बेग्लै आनन्द रहेको उनको भनाइ छ । फेसन भनेको फगत लुगाको डिजाइन मात्र होइन, यसका लागि विशेष चेतको आवश्यकता पर्छ भन्ने उनको तर्क छ । काठमाडौंको नमुना कलेज अफ फेसन टेक्नोलोजीमा स्नातक अध्ययन पूरा गरेकी अनिताले ललितपुरको कुपण्डोलमा अनिता’ज क्रियशन सञ्चालन गर्दै आएकी छन ।उनै डिजाइनर अनिता खातीसँग यसै व्यवसायको विषयमा भिजन न्युज नेपालले गरेको छोटो कुराकानी :
तपाँइको विचारमा फेसन के हो ?
फेसन भनेको मेरो विचारमा कला हो । किनकी यसले तपाईको व्यक्तित्व झल्काउँछ । फेसन गर्नका लागि सोच्नुपर्छ, मिहिनेत गर्नुपर्छ । मेरै कुरा गर्ने हो भनेम, फेसनेवल कपडा बनाउनकै लागि भनेर विभिन्न चराचुरुङगीका प्वाखहरुका विभिन्न डिजाइनहरु बनाउछु ।
नयाँ फेसन डिजाइन गर्न कतिको सजिलो छ ?
यस्तो हो सजिलो भन्ने कुनै पनि कुरा हुदैनन,तर त्यसलाई कुन रुपमा लिने भन्नेमा भर पर्छ धेरै जस्तो मानिसहरु मन लाएर काम गर्दैनन पछी काम बिग्रेमा त्यतिकै निरास हुन्छन ।हामीले गर्ने फेसन डिजाइनमा पनि सजिलो कहा छर तर हामी सजिलो मानेर काम गर्दा रमाइलो लाग्छ र सजिलो महशुस हुन्छ ।
फेसन डिजाइनरहरु क्रियटिभ कतिको हुनु आवश्यक छ ?
क्रियटिभ भन्ने कुरा फेसन डिजाइनरहरुमात्र हैन सबै क्षेत्रका मानिसहरु आफ्नो पेशा प्रति क्रियटिभ हुन आवश्यक छ । हाम्रो फेसन डिजाइनको क्षेत्रमा त अझ क्रियटिभ नहुने हो भने हामी केहि पनि गर्न सक्दैनौ त्यसैले यस क्षेत्रमा लाग्ने जो कसैले क्रियटिभ भएर अलि नयाँ नयाँ कुरा खोजतलास गर्ने गर्नु नितान्त आवश्यक छ ।
फेसन डिजाइनरहरुको स्कोप कस्तो छ ?
फेसन डिजाइनरले मन लगाएर काम गर्ने हो भने स्कोप निकै ठूलो रहेको छ ।पछील्लो समय काठमाडौंमा मात्र नभएर देशका धेरै सहरहरुमा बुटिक खुलेका छन र सबैले आफ्नो क्षमता अनुसारको डिजाइन गर्दै आउनु भएको छ । मेरै कुरा गर्ने हो भने मैले विदेश भासिनु भन्दा स्वदेशमै केही उद्यम गर्नु उपयुक्त लागेर कोरोना विस्तारै कम भएपछि बुटिक व्यवसायमा हात हालेकी हुँ अहिले राम्रै छ चलिरहेको छ ।
फेसन सो गर्न कस्तो ठाउँ उच्चीत होला ?
विशेषगरि फेसन शो सहरी क्षेत्रमा जहा मानिसको जनघनत्व बढी छ,जहा फेसनेवल मानिसहरुको बसोबास छ त्यस्तो ठाउँमा फेसन सो गर्नु उच्चीत होला जस्तो लाग्छ । फेसन सो भने अलि सिमित व्याक्तीलाई मात्र ज्ञान हुन्छ । यो के हो भने अलि थोरैलाई जानकारी भएजस्तो लाग्छ ।त्यसकारण फेसन सो अलि धेरै मानिसहरु भएको ठाउँमा भएमा फेसन सो भनेको के हो भन्नेकुरा बुझाउन सकिन्थ्यो जस्तो लाग्छ ।
फेसन डिजाईनरहरुलाई मिडियाले कस्तो सहयोग गरिदिए हुन्थ्यो जस्तो लाग्छ ?
फेसनमा हरेक क्षण परिबर्तन आइरहेका हुन्छन । म के भन्न चाहन्छु भने दसैं सोमा देखाईने क्रियिसनलाई कभरेज गरिदिए हुन्थ्यो जसे लाग्छ जसले गर्दा विद्यार्थीहरुले बनाएका ति सुन्दर शिर्जनाहरु कहिन कहि सेयर भएर बस्छ , धेरै सामु पुग्छ ।
अनिता खाती क्षेत्रीले डिजाईन गरेका केहि डिजाइनका फोटोहरु :
