संगठन दर्ता गर्न नदिएको भन्दै बुटवलको सिद्धार्थ क्याम्पसमा ताला


बुटवल : आफ्नो संगठनलाई दर्ता गर्न नदिएको भन्दै राष्ट्रिय जनमोर्चाको अखिल (छैठौं) ले बुटवलको सिद्धार्थ गौतामबुद्द  क्याम्पसको निर्वाचन अधिकृतको कार्यालयमा तालाबन्दी गरेको छ ।

आगामी चैत ५ गते हुने स्ववियु निर्वाचनका लागि संगठन दर्ता गर्न नदिइएको भन्दै अखिल छैठौंले ताला लगाएको हो ।

शुक्रबार दिउँसो ३ बजेसम्म विद्यार्थी संगठनहरुको नाम दर्ता गर्ने समय रहेपनि २ बजे अगाडि नै नाम दर्ता गर्न जाँदा निर्वाचन अधिकृतको कार्यालयले नाम दर्ता गर्न नमानेपछि तालाबन्दी गरिएको अखिल छैठौंका इकाई अध्यक्ष समिर पोखरेलले बताए ।

क्याम्पसका निर्वाचन अधिकृत गोपालप्रसाद चापागाईंले नियतवश संगठनको नाम दर्ता नगरेको नभई ढिलो आएकाले दर्ता नभएको बताए ।

क्याम्पस प्रमुख विष्णु रानाले शनिबार बिहान वैठक बसेर दर्ता गर्ने/नगर्ने निर्णय गरिने बताए ।