महिला जेसीज सुर्खेतद्वारा छात्राहरुलाई आत्मसुरक्षा तालिम


सुर्खेत :  महिला जेसीज सुर्खेतले छात्राहरुलाई दिएको  आत्मसुरक्षा तालिम समापन गरेको छ  । शुक्रबार अन्तराष्ट्रिय महिला दिवसको अवसर पारेर सुर्खेत महिला जेसीजले अमरज्योती मा.वी. नेवारेमा आत्मसुरक्षा तालिमको सम्पन्न गरेको हो ।

महिलामाथिको बढ्दो हिंसा न्यूनीकरण गर्ने उद्देश्यले महिला आत्मसुरक्षा तालिम एवं सचेतना अभियान सञ्चालन गरिँदै आएको सुर्खेत महिला जेसिजले जनाएको छ।

कराँते प्रशिक्षक सोना थापा र पशुपति बुढा ले कक्षा ८ र ९ का लगभग ३५० जना छात्राहरुलाई आत्मसुरक्षा तालिम दिएकी थिइन् । महिलाहरू आफैले आफ्नो सुरक्षा गर्न सकुन भनेर विशेष गरेर विद्यालयमा अध्ययनरत किशोरीहरूका लागि आत्मसुरक्षा तालिमको सुरुवात गरिएको सुर्खेत महिला जेसिजकी अध्यक्ष सीता भण्डारीले जानकारी दिईन् ।

महिलामाथिको बढ्दो शारीरिक हिंसा कायम रहेकाले यसको न्यूनीकरण गर्न यस्तो तालिम उपयोगी भएको अमरज्योती मा.वी. नेवारेका प्राध्यानाध्यापक खगेन्द्र थापाको भनाई छ।

महिला आत्मसुरक्षा तालिमका प्रशिक्षकहरुले छात्राहरुलाई हिंसाबाट जोगिन मानसिक र शारिरीक रुपमा कसरी तयार पार्न तालिम सहयोगी हुने अपेक्षा गरेका छन् ।