

काठमाडौं : कला साहित्यको क्षेत्रमा सक्रिय सस्था सिम्पल आर्ट्सले आफ्नो रजत वार्षिकाेत्सव सम्पन्न् गरेकाे छ । संस्थाले पच्चिसाैँ वार्षिकाेत्सव फागुन ७ गते रजत जयन्ति केक काटेर मनाएकाे छ । भिमसेनगाेलास्थित कमलनेत्र छुनामुना विद्यालयमा आयाेजना गरिएकाे विशेष कार्यक्रममा ५ स्रष्टालाइ सम्मानित गरेको थियो ।
विभिन्न क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याएका पाँच प्रतिभालाई सिम्पल सम्मान २०७९ सम्मान गर्ने क्रममा संस्थाले कलाकार प्रज्ञा जोशी, साहित्यकार ललिता दोषी, पत्रकार केशव पाठक, गायिका स्वेता उप्रेती र शिक्षासेवी शेषमणि भट्टराईलाई बिभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तिकाे हातबाट सम्मानित गरेकाे छ ।
सभापति, प्रमुख अतिथि, अतिथि, मन्च बिना नै आयोजना गरिएको सो कार्यक्रमलाइ पुर्व अध्यक्ष विमल कोइरालाले सञ्चालन गरेका सो कार्यक्रममा अध्यक्ष पुष्कर जङ्गमले स्वागत र संस्थापक कोषाध्यक्ष कल्पना शिवाकोटीले संस्थाका गतिविधि बारे जानकारी गराउनुको अलावा कसैको मन्तव्य राखिएको थिएन ।
स्रष्टा सम्मान कार्यक्रममा राजनीतिज्ञ तथा कवि रविन्द्र मिश्र, साहित्यकारहरु डा. मधुसूदन लामिछाने, दुर्गा अधिकारी भमरकोटे, रामकुमार पण्डित क्षेत्री र रन्जु दाहालले रचना वाचन गरेका थिए । उपस्थितिहरु मध्ये एक जनालाई गोला प्रथा मार्फत दिइने पुरस्कार प्रभा श्रेष्ठले प्राप्त गरेको सो कार्यक्रममा छ दर्जन व्यक्तित्वको उपस्थिति रहेको थियो ।२०५५ साल फागुन ७ गते विमल कोइराला, केशव सान्दाइ र निबन्ध आचार्यले पहिलो सिम्पल सम्मान कार्यक्रम आयोजना गरेर सिम्पल आर्ट्स नामक संस्था स्थापना गरेका थिए ।
कार्यक्रममा शिक्षासेवी भट्टराईलाई उनका विद्यार्थीहरु सरोज ढकाल, रोसन गिरी, कृष्ण खड्का, कुमार चिमोरिया, श्रीधर रेग्मी, सपना शिवाकोटी लगायतले सम्मानित गरेका थिए ।
कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र लगायत विभिन्न व्याक्तिहरुले कबिता बाचन गरेर सुनाएका थिए ।
