‘वेष्ट युट्युब च्यानल अफ द इयर’अवार्ड मोहन बस्नेतलाई

काठमाडौं : सञ्चारकर्मी माेहन बस्नेत यस बर्षको ‘वेष्ट युट्युब च्यानल अफ द इयर’ बाट सम्मानित भएका छन् । ड्रिम हाई नेपालद्वारा आयोजित दोस्रो एलआईसी मिडिया अवार्ड अन्तर्गत यस बर्ष उत्कृष्ट युट्युव संचालकको रुपमा बस्नेत सम्मानित भएका हुन् ।

काठमाडौमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि समेत रहेका बरिष्ठ पत्रकार भैरव रिसालले बस्नेतलाई नगद २५ हजार सहित अवार्ड प्रदान गरेका हुन् । बस्नेतले विगत सात बर्षदेखि ‘नेपाल अपडेट’ नामक युट्युब च्यानल संचालन गर्दै आएका छन् । बस्नेतको सामाजिक कार्यको मुल्याकंन गर्दै ०७८ वैशाख १ गते राष्ट्रपति विद्यादेवी भण्डारीले ‘जनसेवा पञ्चम श्रेणी’द्धारा विभूषित गरेकी थिइन् ।

त्यसका साथै गत साउन १४ गते ‘नेशनल आर्टिष्ट सर्वोत्कृष्ट पत्रकारिता पुरस्कार’ लगायत विभिन्न पुरस्कारबाट पुरस्कृत भएका छन् । वि.स.०५२ सालमा गुल्मीको रेसुङ्गा नगरपालिका –३ भाडगाउँमा जन्मिएका बस्नेतले ०७२ सालमा रेसुङ्गा टेलिभिजनबाट पत्रकारिता सुरु गरेका थिए ।