

पुष्कर खड्का
दैलेख : प्रतिनिधि सभा सदस्य,नेकपा एमालेका केन्द्रीय पाटी सचिव तथा मिसन ग्रासरुट अभियान कर्णाली संयोजक योगेश भट्टराईले आफ्नो पाटीले प्रचण्ड लाई प्रधानमन्त्री बनाएको र सत्ता गठबन्धन टुटाउन एमाले अघि नबढ्ने बताएका छन्।
मंगलबार प्रेस चौतारी दैलेखले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै भट्टराईले यस्तो बताएका हुन्। अस्थिर प्रधानमन्त्री प्रचण्ड लाई एउटै ठाँउमा अडिग रहन आग्रह गरेका छन्।
कार्यक्रममा भट्टराईले भनेका छन् ‘एमाले बिजनेस गर्ने पार्टी हैन, प्रचण्डले हामी समक्ष आएर प्रधानमन्त्री हुने आस ब्यक्त गर्नु भयो र हामिले नै प्रधानमन्त्री का लागि अगाडि बढाएका हौ, काँग्रेसले प्रचण्ड लाई सडकमा फाल्ने प्रयास गरेको हो।’ आगामी दिनमा दैलेखको लागि आफुले आफ्नो तर्फबाट गर्न सक्ने सम्पूर्ण काम गर्नेसमेत सञ्चारकर्मीसँगको कुराकानीका क्रममा भट्टराईले भनेका छन् ।
