विन्ध्यवासिनी म्युजिकका सञ्चालक रेग्मीलाई हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले पायाे अनुमति

काठमाडौं : विन्ध्यवासिनी म्युजिक कम्पनीका सञ्चालक सुवास रेग्मीलाई हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएकाे छ । साेमबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका उनलाई काठमाडौं जिल्ला अदालतले पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हाे ।

प्रहरीको केन्द्रीय साइबर ब्यूरोले थाइल्याण्डबाट नेपाल आइपुगेका रेग्मीलाई विमानस्थलबाटै पक्राउ गरेकाे थियाे । विद्युतीय स्वरुपमा आफ्नो चरित्र हत्या गरेको भन्दै गीतकार महेशचन्द्र आचार्यले उनीविरुद्ध ब्यूरोमा उजुरी दिएका थिए । रेग्मीले अन्य व्यक्तिको पनि चरित्रहत्या गरेको आचार्यले उजुरीमा उल्लेख गरेका छन् ।

ब्यूरोका एसएसपी नवीन्द्र अर्यालका अनुसार अब रेग्मीलाई विद्युतीय कारोबार ऐन अन्तर्गत कारवाही प्रक्रिया अघि बढाइने छ ।