प्रजातन्त्र दिवसको दिन रक्तदान कार्यक्रम सम्पन्न

काठमाडौ: ७३ औ प्रजातन्त्र दिवसको अवसरमा काठमाडौका केही लाइन्स क्लबहरु मिलेर रक्तदान क्याम्प आयोजना गरेका छ्न ।

लायन्स क्लब अफ काठमाडौ साइकलसिटि (डिस्ट्रीक ३२५ जि), लायन्स क्लब अफ काठमाडौ ब्लडहुड (डिस्ट्रीक ३२५ के), लायन्स क्लब अफ काठमाडौ ग्रीन टाउन (डिस्ट्रीक ३२५ के) र बल्ड डोर्नस सोसाइटी नेपालको संयुक्त आयोजनामा लाजिम्पाटको सम्पदा गार्डेन रिसोर्टमा करिब ११ बजेबाट २ बजे सम्म आयोजना गरिएको उक्त रक्तदान कार्यक्रममा २५ जनाको सकृय सहभागिता रहि स्वस्थ रक्तदाताहरुले अमुल्य रक्तदान गरेको कुरा कार्यक्रमका संयोजक रगत र रगततत्व ब्यवस्थापनमा लामो समय देखि लागि रहेका लायन्स कल्ब अफ काठमाडौ बल्डहुडका संस्थापक अध्यक्ष राजीव श्रेष्ठले जनाउनु भयो। । हाल डेङ्गु लागेका रक्तदाताहरुले ६ महिना अवधि पुगे पछि मात्र दिन मिल्ने भएको हुनाले अधिकांश इच्छुक रक्तदाताहरु रक्तदान गर्न पाएका थिएनन्।

उक्त रक्तदान कार्यक्रममा आफ्नो जिवनको ६६ औ पटक रक्तदान गर्दै बिश्व साइकल यात्री तथा लायन्स कल्ब अफ काठमाडौ साइकलसिटिका संस्थापक अध्यक्ष पुष्कर शाह र मेगा महिला रगत ब्यबस्थापनकि संस्थापक अध्यक्ष राज्यलक्क्षी शाक्य ज्युले सम्पुर्ण रक्तदाताहरुलाई धन्यवाद ज्ञापन दिदै रगत कुनै कलकारखानामा निर्मित हुने बस्तु नरहेको र मानव शरीरमा मात्र सिर्जित हुनेहुदा हरेक स्वास्थ युवा युवती रक्तदाताहरुले हरेक ३-३ महिनामा र आफ्नो १८ औ जन्मोत्सवको अवसरमा रक्तदान अभियानमा सरिक भैइ रकदान गरेमा रगत र रगत तत्वको अभाव नरहने कुरालाई इन्कित गर्दै विभिन्न रक्तदान उत्प्रेरणा तथा अभिमुखी कार्यक्रमहरु सहभागी हुन पनि आग्रह गरे   ।

हाल विभिन्न रक्तदान सम्बन्धि अभिमुखि र चेतनामूलक कार्यक्रम आयोजना र संचालनमा नेतृत्वदायी भुमिका निर्वाह गर्दै हाल सम्म ८९ पटक रक्तदान गरि सक्नु भएकि शाक्यले नियमित रक्तदानको मानवकल्याणमा महत्त्व दर्शाए ।

साथै नियमित र स्वयंसेवि रक्तदाता लगाएत सबैमा रक्तदानका साथै आफ्नो मृत्युु पश्चात आफ्ना अङ्गहरु स्वस्फूर्त रुपमा अङ्गदान गर्न जनचेतना फैलाउदै उत्प्रेरित गर्न सके रगत, रगततत्व ब्यवस्थापन र अङ्ग प्रत्यारोपणमा ठूलो टेवा पुग्ने कुरा बल्ड डोनर्स एसोसिएसन काठमाडौंका संस्थापक अध्यक्ष जनक कुमार खड्काले गरे ।

र अन्त्यमा ब्लड डोर्नस सोसाइटी नेपालले आयोजना गरेको खुल्ला कबिता प्रतियोगिता “म एक रक्तदाता” शीर्षकमा १३३ सहभागि भएकोमा उत्कृष्ट २० कबिता पश्चात चाडै नै उत्कृष्ट ३ घोषणा गरिने राजिब श्रेष्ठले जानकारी गराए र उक्त प्रतियोगितामा निर्णायक मण्डलमा केन्द्र रक्तसञ्चारको निर्देशक दिव्यराज पौडेल, बिश्व साइकल यात्री पुष्कर शाह , कबि केदार श्रेष्ठ रहेको कुरा पनि अवगत गराए  ।