अब्बल खेलाडी उत्पादन गर्न आवस्यक लगानी गरिने छ , उप मेयर आलम

वीरगंज : रास्ट्रको लागि हरेक खेलको अब्बल खेलाडी उत्पादन गर्न आवस्यक लगानी गर्ने बिरगंज महानगरपालिकाका उप मेयर तथा काङ्ग्रेसका प्रभावशाली नेता ईम्तियाज आलमले बताएका छन ।

भेटरान्स सिटि क्लब द्वारा वीरगंजका पहिलो मेयर स्वर्गीय केशर प्रसाद मानन्धरको सम्झनामा आयोजित अन्डर स्कुल फुटबल प्रतियोगिताको उदघाटन गर्दै प्रमुख अतिथि समेत रहेका उप मेयर आलमले यस्तो बताएका हुन । उप मेयर आलमले खेल शरीरको लागि लाभदायक भएको बताउदै खेलले नै अनुशासन पनि सिकाउने बताएका छन ।

आजको युगमा खेलकुद र योगाभ्यास स्वस्थ शरिरको लागि अनिवार्य भएको आलमले बताए । यो फुटबल खेलले हामी लाई राम्रो खेलाडीहरु पाउने र त्यो खेलाडीले हाम्रो बिरगंज को नाम रोसन गर्ने तथा देश को लागि गोल्ड मेडल जितने पनि बताए ।

खेलाडीहरुले अनुशासित भएर खेल्दै भोलि देश को नाम उचाई मा पुर्याउनु हुने छ भन्नेमा आफू बिश्वस्त भएको आलमले बताए । आयोजक क्लबलाई धन्यवाद दिदै यस्तो प्रतियोगिता गरिरहन आग्रह समेत आलमले हौस्ला दिएका छन । उप मेयर आलमले खेल र खेलाडीको बिकास गर्न बिरगंज महानगर कहिल्यै पछाडी नपर्ने बताएका छन ।

उप मेयर आलमले सबै खेलाडीहरुसंग हात मिलाई जितको शुभकामना समेत दिएको उप प्रमुखका प्रेस सल्लाहकार महमद सदाबले जनाएका छन ।