महाशिवरात्रीको अवसरमा मातृभूमिका लागि नेपाली संस्थाको स्वास्थ्य शिविर सम्पन्न

महाशिवरात्रीको अवसर पारेर हाम्रो मातृभूमिका लागि नेपाली संस्थाले स्तुपा सामुदायिक अस्पतालको सह प्रायोजनमा पशुपतिको उमाशंकर परिसरमा निशुल्क स्वास्थ शिविरको आयोजना  गरेको छ । हाम्रो मातृभूमिका लागी नेपालीको सदस्य डा. दिपांकर पाठकको संयोजकत्वमा सदस्यहरु  मृदुला शर्मा, (अक्षता) अन्जना प्रधान, दिपेश के।सी ,दिपक सिंह महर्जन ,ज्योती न्यौपाने , सुन्दर मिजार,रुपा पौडेल र निला ठकुरी लगायतको नौं  सदस्यीय व्यवस्थापन समिति गठन गरिएको थियो भने स्वास्थ्य शिविरकोलागि आवश्यक सामाग्रीहरुको व्यवस्थापन रुपा पौडेल र सुन्दर मिजारले गरेका थिए ।

उक्त कार्यक्रममा स्वास्थ्यकर्मीहरु हाम्रो मातृभूमिका लागी नेपालीको तर्फबात डा. दिपांकर पाठक, डा.अनुज बन्जारा,स्टाफ नर्स यमुना श्रेष्ठ थिए भने स्तुपा सामुदायिक अस्पतालको तर्फबात स्टाफ नर्सहरु निशा भारती, एलिजा श्रेष्ठ,रोजीना घिसिङ ,प्रतिमा काफ्ले र संजीता बानियाँले स्वास्थ्य सेवा प्रदान गरेका थिए । हाम्रो मातृभूमिकालागि नेपाली संस्थाको तर्फबाट व्यवस्थापन समिती र संस्थाका बरिष्ठ उपाध्यक्ष श्रीराम श्रेष्ठको र महासचिव गणेश बन्जाराको प्रमूख भुमिका रहेको सो कार्यक्रममा उपाध्यक्ष नर्रोत्तम श्रेष्ठ ,सचिव गीता सेढाई , केन्द्रिय सदस्यहरु कल्पना मेगाले मगर, संन्जय पुडासैनी ,सदस्यहरु राजेंद्र राना मगर,इन्दिरा बन्जारा आदिको उपस्थिति रहेको थियो ।


स्वास्थ शिविर सञ्चालनको निम्ति हाम्रो मातृभूमिकालागि नेपाली संस्थालाई सनम गौतम र हरिप्रसाद ढकालले बि.पि सेट २ थान र ग्लुको मिटर १ थान उपलब्ध गराएका थिए भने आवश्यक सिटामोल ,जीवनजल र सिट्रोजन  मृदुला शर्मा,  ज्योती न्यौपाने, मनिता थापाले मास्क उपलब्ध गराएका थिए ।


भव्य र सभ्य रुपमा सम्पन्न भएको उक्त स्वास्थ्य शिविरमा दुइ सय दश व्यक्तिहरुले आफ्नो स्वास्थ परिक्षण गराएका थिए भने उक्त शिविरमा सुगर ,ब्लड प्रेसर लगायत अन्य जाँच गर्नुका साथै बेहोश भइ लडेका दुई दर्शनार्थीहरुको पनि आकस्मिक उपचार गरिएको थियो । उक्त स्वास्थ्य शिविरमा आवश्यक औषधीहरुको वितरण गर्नुका साथै सबैलाई मास्क पनि वितरण गरिएको थियो ।