कैलालीमा चितुवाको छालासहित दुई जना पक्राउ

कैलाली : पक्राउ पर्नेमा अछामको पञ्चदेवल बिनायक नगरपालिका–६ का ३६ वर्षीय तुलबहादुर बि.क‍. र जुम्लाको तातोपानी गाउँपालिका– ४ राउतवाडा का ५० वर्षीय तुलबहादुर खत्री रहेका प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक खगेन्द्र साउदले उनीहरुलाई कुइनेबाट चिसापानीतर्फ जाँदै गर्दा चिुतवाको छालासहित से ५ प ८०३१ नम्बरको मोटरसाइकलसहित पक्राउ गरिएको जानकारी दिए ।

उनकाअनुसार प्रदेश प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय चिसापानीको टोलीले खत्रीसँग रहेको झोला चेक गर्दा लम्बाई ७ फिट १० ईन्च र चौडाई ४ फिट ७ ईन्च भएको चितुवाको छाला बरामद गरेको हो ।

उनीहरुको साथबाट बन्यजन्तुको जस्तो देखिने विभिन्न भागका गरेर २ किलो ९५० ग्राम हड्डी समेत बरामद गरिएको छ । दुवै जनालाई नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।