ने.वि.संघ नारायण बहुमुखी क्याम्पस ईकाई समितिको आयोजनामा सरसफाइ कार्यक्रम

पुष्कर खड्का
दैलेख : प्रजातन्त्र अर्थात निर्वाचन दिवसको अबसर पारि नेपाल बिद्यार्थी संघ नारायण बहुमुखि क्याम्पस ईकाई समितिले एक सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ ।

ईकाइ समितिका सभापति बिष्णु कोईरालाको संयोजकत्वमा शिक्षक र विद्यार्थीहरु मिलेर नारायण बहुमुखी क्याम्पसका केही भागमा सरसफाइ गरेको हो । नेपाली हरुले प्रजातन्त्र पाएको दिन देशभर विभिन्न कार्यक्रम गरि मनाईन्छ ।

ने.वि.संघ क्याम्पस ईकाई समितिले आगामी दिनमा प्रभावमुलक कार्यक्रम गर्ने, विद्यार्थीको हकअधिकारका लागि आवाज उठाउने र समग्र क्यामसको विकासका लागि सँधै अग्रसर रहने सभापति कोईरलाले बताएका छन् ।

क्याम्पसमा विभिन्न समिति गठन भएपनि ने.वि.संघले निकै राम्रो काम गरेको र राम्रो कामको लागि सँधै सहयोग रहने नारायण बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख नर ब.शाहिले जानकारी दिनु भएको छ ।