उद्योग ब्यापार संघ कपिलवस्तुको नियमित मासिक बैठक सम्पन्न

कपिल्वस्तु : उद्योग ब्यापार संघ कपिलवस्तुको नियमित मासिक बैठक संघको आफ्नै कार्यलयमा विभिन्न दुरगामी प्रभाव पार्ने निर्णय गर्दै सम्पन्न भएको छ ।

संघका अध्यक्ष खिमानन्द पौडेल कोपिलको अध्यक्षता ,गोबिन्द पौडेलको संचालनमा भएको दोस्रो बैठकमा निबर्तमान अध्यक्ष हुमनाथ पौडेलले सहजीकरण गरेका थिए ।

बैठकमा अध्यक्ष खिमानन्द पौडेल कोपिलले आगामी एकबर्ष भित्र सस्थाले गर्ने कार्यक्रमको बारेमा कार्ययोजना सहितका प्रस्तावहरु पेस गरेका छन ।

विशेष गरि निकै महत्वका साथ हेरियको आगामी कपिलवस्तु महोत्सवको आयोजना समन्धमा पनि बैठकमा व्यापक छलफल गरि निर्णय गरियको छ,महोत्सवलाई सफल बनाउन सबैको साथ सहयोग र सहकार्य आबस्यक रहेको निष्कर्ष सहित कपिलवस्तुको पहिचान दिनेगरी सम्पुर्ण आबस्यक तयारी गर्न टोपनारायण बेल्बासे,हुमनाथ पौडेल र माधबभाट क्षेत्री रहेको कोर टिम समेत गठन गरियको छ ।

त्यसैगरी बार्षिक कार्ययोजना मा आधारित रहि बार्षिक क्यालेन्डर तयार गर्न बरिस्ठ उपाध्यक्ष यम बहादुर केसि को सम्योजकत्वमा ९ सदस्यिय कार्यक्रम उपसमिति निर्माण गरिएको छ भने आगामी बैठकमा बिसय बिज्ञहरुलाइ समेटि बिसयगत उपसमिति समेत गठन गरि सस्थालाइ थप ससक्त बनाउने निर्णय गरिएको छ ।

साथै आज नै उद्योग ब्यापार संघ कपिलवस्तु का सदस्य धर्म बहादुर आले को गत माघ २९ गते भयेको अकल्पनीय दुखद निधन प्रती शोक प्रस्ताव पारित गर्दै दिबङ्गत धर्म आलेको घरमा शोकसभा सहित श्रद्धाञ्जली कार्यक्रम समेत सम्पन्न गरियको छ ।