दैलेख पर्यटन, व्यापार तथा साँस्कृतिक महोत्सव हुँदै

पुष्कर खड्का
दैलेख : दैलेखमा २०७९ फागुन १९ गतेदेखि फागुन २९ गतेसम्म दैलेख पर्यटन ब्यापार तथा साँस्कृतिक महोत्सव हुने भएको हो । राष्ट्रिय लोकतथा दोहोरी गीत प्रतिष्ठान जिल्ला शाखा दैलेखको आयोजनामा हुने महोत्सवमा स्थानीय एव राष्ट्रिय चर्चित कलाकारहरुको बेजोड प्रस्तुति रहने छ ।

दैलेख धार्मिक पर्यटकिय क्षेत्रहरु भएको जिल्ला भित्र पर्दछ यो क्षेत्रलाई आम दर्शकसामु चिनाउन तथा प्रचारप्रसार गर्ने र घरेलु हरुले उत्पादन गरेको बस्तुहरु सहित पर्दशनि सहित अन्य ब्यापारले दैलेखका उद्योमिहरुलाई थप टेवा पुग्ने मूल उद्देश्यका साथ महोत्सव संञ्चालन गर्न लागिएको राष्ट्रिय लोकतथा दोहोरी गीत पतिष्ठान जिल्ला शाखा दैलेखका अध्यक्ष यामराज बिष्टले बताएका छन । अध्यक्ष बिष्टले भने “पर्यटकीय धार्मिक , सांस्कृतिक र पुरातात्विक महत्व बोकेको दैलेखका बिभिन्न ठाउँलाई चिनाउनु जरुरी छ ।”

स्थानीय कला ,साँस्कृतिक तथा धार्मिक रीतिरिवाज चालचलन पुरातात्विक वस्तुको संरक्षणको लागि र विभिन्न व्यापार , उत्पादनमा पनि यो महोत्सवले ठूलो टेवा पुर्याउने विश्वास गरिएको र महोत्सबका संयोजक राजु के.सिले जानकारी दिएका छन ।

केसिका अनुसार महोत्सवमा राष्ट्रिय कलाकार देखि स्थानीय कलाकरहरुले प्रस्तुति रहने महोत्सवबाट फाइदा भएको रकम दोहोरी प्रतिष्ठानको जग्गा किन्ने भनिएको छ । महोत्सव विभिन्न खेल्ने सामाग्री तथा उद्घाटनमा विभिन्न झाँकि प्रस्तुत हुने कलाकार संयोजक लोकेन्द्र जि.सि कुमारले जानकारि दिएका छन ।