

काठमाडौं : नवनियुक्त तीन जना कुलपतिले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।बिहिबार बिहान बालुबाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नवनियुक्त तीन जना कुलपतिलाई पद तथा गोपनियताको शपथ गराएका हुन् ।
यसरी शपथ ग्रहण गर्नेहरूमा नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका कुलपति निशा शर्मा, नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राई, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपतिमा नारदमणि हार्तम्छाली छन् । सो अवसरमा प्रधानमन्त्रीले उनीहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका थिए।
