तलबभत्ता त त्याग्न नसक्नेहरुले के जनता र राष्ट्रको हितमा काम गर्लान् ?

पछिल्लो समय हरेकक्षेत्रमा मन्दी छाएको छ । चाँहे त्यो कुनै व्यापारव्यवसाय नै होस् या सेयरको कारोबार । यता वित्तिय संस्थामा पनि त्यत्तिकै तरलता छ । अहिले सहकारीले जनताको पैसा फिर्ता दिन छोडेपछि जनताको पनि वित्तिय संस्थाबाट विश्वास गुम्दै गएको छ ।

यसरी राज्यले राजस्व संकलन गर्ने निकायहरु नै डुब्ने अवस्थामा पुगेपछि अब देशले कुन बाटो लिन्छ ? भनेर अहिले सबैतिर हल्ला चलेको छ । देशमा प्रत्येक दिन महंगी बढ्दै गएको छ त बेरोजगारीको संख्या घट्नुको साटो झनै बढेको छ । यता घरजग्गा, गाडी र सेयरको त झनै कुरै नगरौँ ।

फाइदैफाइदा मात्रै हुन्छ भनेर यी क्षेत्रमा लगानी गर्नेहरुले अहिले घाटाबाहेक केही देख्न पाएनन् । यसरी यी क्षेत्रमा नाफा हुन्छ लोभमा वित्तिय संस्थाबाट ऋण लएर लगानी गर्नेहरु भाग्ने अवस्थामा पुगेका छन् । यिनीहरुलाई बिहानबेलुकाको छाक टार्न हाम्मेहाम्मे परिरहेको छ ।

कुनै एक क्षेत्रमा एक व्यक्ति मात्र नडुबि पछिल्लो समय हरेक क्षेत्रमा लगानी गर्नेहरु डुबिसकेका छन् । बस अन्य कुनै विकल्प नभएर मौन मात्र छन् । अहिले पत्रपत्रिका समाचारभन्दा पनि बैंकबाट ऋण लिएर तिर्न नसकेका व्यक्तिको नामथर हुनेगर्दछ । तर नाम मात्र निकालेर वा कालोसूचीमा राखेर मात्र पनि त ऋणले ऋण तिर्न सक्दैँन न नि त ।

वित्तिय संस्थाहरु नै यसरी डुब्ने अवस्थामा पुगेपछि अब यसले देशको अर्थतन्त्रमा कस्तो प्रभाव पार्ला भनेर पछिल्लो समय धेरै विज्ञहरुले आफ्नो भनाइ राख्दै पनि आएका छन् । अहिले एक नेपालीको टाउकोमा विदेशी ऋण ८५ हजार छ । यता जनताले तिरेको करबाट सरकारी खर्चसमेत धान्न सकिरहेको छैन ।

तर देशको अर्थतन्त्र यो अवस्थामा पुग्दासमेत अहिलेपनि जननिर्वाचित प्रतिनिधिहरुले तलबभत्ता, सरकारी गाडी र सरकारी सेवासुविधा चाहिदैँन भनेका छैन । सरकार अहिलेपनि यस्ताहरुलाई तलबभत्ता खुवाउनका लागि विदेशीसमक्ष हात फैलाइरहेको छ ।
गत ३० बैशाख स्थानीय चुनाव भयो भने ४ मंसिर प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन । तर, निर्वाचनमा चुनिएरका आएकामध्ये कुनैपनि तलबभत्ता, सरकारी गाडी र सरकारी सेवासुविधा चाहिदैँन भनेका छैन । यसबाट त यिनीहरु जनता र राष्ट्रको सेवा गर्न नआई जागिर आन, भ्रष्टाचार गर्न र सरकारी सेवासुविधा उपभोग गर्न आएको स्पष्ट हुन्छ ।

यता राष्ट्र र राष्ट्रियताका बारेमा ठुल्ठुल्ला कुरा गर्ने प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड), एमालेका अध्यक्ष केपीशर्मा ओली, काँग्रेसका सभापति शेरबहादुर देउवा, रास्वपाका सभापति रवि लामिछाने, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलगायतका राजनीतिक दलका नेताहरुले समेत सदनमा उभिएर तलबभत्ता, सरकारी गाडी र सरकारी सेवासुविधा चाहिदैँन भनेनन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति, पूर्व उपप्रधानमन्त्री एंव गृहमन्त्री रवि लामिछानेले निर्वाचन अघि चितवन क्षेत्रनम्बर २ का जनतासमक्ष आफुले चुनाव जितेमा तलबभत्ता, सरकारी गाडी र सरकारी सेवासुविधा उपभोग नगर्ने दाबी गरेका थिए तर उपप्रधान एंव गृहमन्त्री र सांसद हुनुन्जेल उनले राज्यबाट प्राप्त हुने सबै सेवासुविधा उपभोग गरे । तर, अहिले नागरिक विवादपछि गृहमन्त्री पदबाट बाहिरिएपछि सरकारी सेवासुविधा त्यागेको नाटक गरे ।

त्यस्तै, नेपाली काँग्रेसमा मैहुँ भन्नेहरु गगन थापा, विश्वप्रकाश शर्मा, प्रदिप पौडेल, मोहन बस्नेत, शेरबहादुर देउवालगायतले पनि काठ्माडौँलगायत अन्य ठाउँमा आफ्रनै तीनचार वटा घर हुँदासमेत तलबभत्ता, सरकारी गाडी र सरकारी सेवासुविधा त्याग्न मानेनन् ।
यता मधेशी दल, नागरिक उन्मुक्ति पार्टीलगायतका सांसदले पनि तलबभत्ता र सरकारी सेवासुविधा त्यागेनन् भने जनताको नजरमा राम्रो मानिने चित्रबहादुर केसी र प्रेम सुवालले पनि तलबभत्ता र सरकारी सेवासुविधा छाडेनन् ।

यिनीहरुले निर्वाचनअघि जनतासमक्ष ठुल्ठुल्ला कुरा गरे तर निवाृचनपश्चात् सधैँझैँ नै जनतालाई उल्लु बनाए । एमालेका अध्यक्ष ओलीको सन्तान छैन । तर, ओलीकै देशविदेशमा ३२ अर्बभन्दा बढी रकम आफ्नो आफन्तको नाममा रहेको बताइन्छ । तर अहिलेपनि ओली राज्यबाट प्राप्त हुन सेवासुविधा लिनबाट पछि हट्दैँनन् ।

यता नेपाली काँग्रेसका एंव मोरङ क्षेत्रनम्बर २ बाट निर्वाचित डा.सुनिल शर्माले भने भ्रष्टाचार गर्दिँन र तलबभत्ता चाहिदैँन भनेका छन् । तर उनले भनेको यो कतिको सत्य हो भनेर अबको पाँच वर्षपछि थाहा पाइन्छ । गत १० माघ इलामका प्रेमप्रसाद आचार्य बैंकको अण तिर्न नसकेर संघीय संसद भवनअगाडि आफ्रनै शरीमा पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरे ।

उनले आत्मदाहपछि कतिले देशमा भएको बेथिति हटाउनुपर्ने भनेर माग गरे त कतिले वित्तिय संस्थाको अत्याचार । तर, अहिले फेरि उक्त घटना सेलाइसकेको छ । आचार्यसँगै कति मानिसहरुले वित्तिय संस्थाको ऋणतिर्न नसकेर आत्महत्या गरिसके । तर, अहिलेपनि कुनैपनि सांसद, मन्त्री वा प्रधानमन्त्रीको यसप्रति आँखा गएको छ । यहाँ त कुनै नेपालीले प्रधानमन्त्रीकै गाडी अगाडि आफ्रनै शरीरमा पेट्रोल छर्किएर आत्मदाह गरेपनि प्रधानमन्त्रीको त्यसप्रति आँखा जादैँन ।

अनि कसरी देशको विकास हुन्छ ? कसरी जनताले सुख पाउँछन् ? विद्यालयमा पढ्नेबेला बालबच्चाहरु मजदुरी काम गरेर हिड्छन् तर त्यँही बच्चाको तिरेको करबाट यस्ता चोर, फट्याहा जनप्रतिनिधिहरु तलबभत्ता र सरकारी सेवासुविधा लिन्छन् । अब भन्नुस् योभन्दा लाजमर्दा कुरा अरु के हुन सक्छ ।

हामी जनता एक छाक मिठो नखाएर राज्यलाई कर तिछौँ तर हामीले पाउँछौँ नै के ? त्यँही भ्रष्टाचार गर्ने र जनतालाई डाट्ने जनप्रतिनिधि ? अहिले दिनहुँ हजारौँ नेपाली विदेशमा खर्सीबाख्रा बेचेझैँ बेचिरहेका छन् भने तीनै नेपालीले कमाएर पठाएको रेमिट्यान्सबाट यस्ता ठगहरु तलबभत्ता र सेवासुविधा लिएका छन् ।

अहिलेपनि भुपुराष्ट्रपति, सभामुख, गृहमन्त्रीलगायतले तलबभत्ता र सरकारी सेवासुविधा उपभोग गरिरहेका छन् । अनि कसरी देशको अर्थतन्त्र सुध्रिन्छ । देशको अर्थतन्त्र यस्तो नाजुक अवस्थामा पुग्दासमेत कुनै सांसद, वडाध्यक्ष, मेयर, उपमेयर, सरकारी कर्मचारी, मन्त्रीलगायतले तलबभत्ता र सरकारी सेवासुविधा चाहिदैँन भनेनन् भने यिनीहरुले हिजो देश र जनताका लागि के नै गर्छन् ?

अहिलेपनि यिनीहरु तलबभत्ता र सरकारी सेवासुविधा उपभोग गर्नका लागि खुलेआम देश विदेशीलाई बेच्न तयार छन् । यदि देश सरकारी कर्मचारीलाई तलबभत्ता दिन नसक्ने अवस्थामा पुगेपनि यिनीहरु नेपाल नै धितो राखेर कर्मचारीलाई तलबभत्ता खुवाउनेछन् । त्यसैले, अब जनताले यस्ता जनप्रतिनिधिलाई लेखट्नुपर्छ । यिनीहरुलाई अझैँपनि हाम्रो करमा मोजमस्ती गर्न दिनुहुदैँन ।

-रुषा थापा
भक्तपुर