

सोलुखुम्बु : मानिसको चाहना हुन्छ सुखसयल र आरामको जीन्दगी ब्यतीत गरौं।,गाउँमा सुख सुबिधा प्रर्याप्त नभएको भन्दै सुबिधा सम्पन्न सहरमा बसाई सराई सर्ने र सुबिधा लिने चाहनाले मानिसहले बसाई सर्र्ने क्रम बढिरहेको समयमा गाउँलाई नै सुबिधा सम्पन्न बनाउने अअभियानमा जुटेका छन् सोलुखुम्बुको साबिक नेचा बतासे नाम्लो हालको नेचा सल्यान गाउँपालिका वार्ड नं ५का बृटिस लाहुरे डाक्टरबाबु (डिल्ली )राई।
२०२६ सालमा बाबु बाघधन राई र आमा छितीरुपा राई को जेठो सन्तानका रुपमा जन्मीएका राई २०४८ सालमा बृटिस आर्मीमा भर्ना भएका हुन्। हाल बृटिस आर्मीबाट पेन्सनमा रहेर बेलायतमै रहेका राईलाई आफ्नो गाउमा रहेका अति बिपन्न र असहाय नागरिकहरुले दुईछाक खान र एकसरो लगाउने कपडा ब्यबस्थापन गर्न एउटा परियोजना संचालन गर्ने तयारीमा जुटेका छन्।
बैदेशिक रोजगारीको शिलशिलामा बिभिन्न मुलुकमा रहेका सहयोगी हातहरुबाट करिब १६लाख रककम जम्मा गरेर नेचासल्यान गाउपालिका भित्रका एकल महिला, अपांग तथा असहाय मानिसहरुको तथ्याङ्क संकलन गरि बस्तबिक असहायहरुलाई सहयोग उपलब्ध गराउने उद्देश्य आफ्नो रहेको र जन्मभुमीको माटोको मायाले तानेको उनले जानकारी दिएका छन ।
संकलित रकमलाई पारदर्र्शी र बास्तबिक पिडीतहरुको पहुँचमा पुर्याउनको लागी जंग बहादुर राईको अध्यक्षतामा आज एक समिति समेत गठन गरिएको छ ।
त्यसैगरि राहत उपलब्ध गराउनको लागी कार्यबिधी निर्माण गर्न डिल्ली शर्माको संयोजकत्वमा तीन सदश्यीय कार्यबिधी निर्माण समिती समेत गठन गरिएको छ ।
समितिको सदस्यमा शन्तोषबाबु राई र दुर्योधन राई रहेका छन् । गठित समितिले तयार गरेको कार्यबिधीको आधारमा उक्त कार्यक्रम आगामी बैसाखबाट संचालन हुनेछ।
