

काठमाडौं : भारतको राजधानी दिल्लीस्थित मंगलबजार रोड, बापरोला बिहारबाट नेपाल घर धादिङ घर भएकी १६ बर्षीय बालिकाको उद्वार गरिएको छ । मानव तस्करीका क्रममा नेपालमा पक्राउ परेका ५ अभियुक्तहरुसँग सोधपुछका क्रममा नेपाल प्रहरीबाट दिल्लीमा एक बालिकालाई पुर्याइको भन्ने सूचना पाएको तर यकीन ठेगाना थाहा पाएको थिएन ।
नेपाली राजदूतावासस्थित एस.एस.पि उमाकान्त चतुर्वेदीको समन्वयमा के.आई.एन इन्डियाको टिमले विभिन्न माध्यमबाट ५ दिनको खोजखबर र जाँचबुझपछि बालिकालाई राखेको ठेगाना पत्ता लगाएर यही माघ १७ गते राति बालिकाको उद्धार गर्न सफल भएको जनाएको छ । घटनास्थलबाट बालिकालाई भारत पुर्याउने एक महिला पनि नियन्त्रणमा आएको के.आई.एन इन्डियाका नेपाल प्रमुख इन्द्रराज भट्टराईले बताए।
प्राथमिक सोधपुछका अनुसार बालिकालाई बली दिनका लागि भारत ल्याइएको बुझिन्छ भने जिल्ला अदालत धादिङ्गमा मुद्दा चलेको छ भने नेपाल प्रहरी जाँचमा लागि रहेको छ ।आगामी ५ फरवरीका दिन पूर्णिमामा बालिकालाई बली दिन निर्धारित गरिएको बुझिएको छ ।
अभियुक्तहरुसँगको सोधपुछमा भारतमा एक अज्ञात बालिकालाई पुर्याएको भन्ने संकेतकै आधारमा तत्परताका साथ भारतस्थित के.आई.एन इन्डिया सँग समन्वय गरि बालिकाको उद्धारमा खटिनु निकै सराहनीय छ ।
भारतमा जनावरको बलीप्रथा समेत अवैधानिक भएकोमा अन्धविश्वासका नाममा लुकीछेपी बालबालिकाहरुको बली दिइने गरेको छ । भारतका बालबालिकाहरुको पनि बली दिइने भए पनि परिवार नभएका र समस्यामा परेका र बेपत्ता भए पनि कसैलाई फरक नपर्ने बालबालिकको बली दिन नेपालबाट बालबालिका ल्याउने गरिएको आशंका गरिएको छ ।
