प्युठानमा दुई छोराछोरी सहित आमाले गरिन झुन्डिएर सामुहिक आत्महत्या


डिपि पोख्रेल
प्युठान :प्युठान नगरपालिका-१ चेरनेटा नजिक छोराछोरी सहित एक महिलाले झुन्डिएर सामुहिक आत्महत्या गरेकी छन।

झण्डै २ बर्षको छोरा र ५ बर्षको छोरी सहित सामुहिक आत्महत्या गरेकि महिला प्युठान नगरपालिका-२ चितिखोलाकि रहेको पहिचान खुलेको छ ।

अन्दाजि २६ बर्षकि गायत्रि सुनार हिजो साझ घरबाट माईत जान्छु भनी हिडेको उनका ससुरा गिरबहादुर सुनारले बताए । स्वर्गद्वारी नगरपालिका-८ हदचौर माईत भएकि गायत्रिले झण्डै २ बर्षको छेरा सुजन, ५ बर्षको छोरि प्रकृति सहित प्युठान नगरपालिका-१ चरनेटा नजिक जंगलमा सामुहिक आत्महत्या गरेकि छन ।

उनको श्रिमान प्रकाश सुनार रोजगारिको शिलशिलामा भारतमा रहेका छन । घटनाको बिषयमा छानविन जारि रहेको प्रहरिले जनाएको छ।