गृह मन्त्रीका विषयमा बैठकमा छलफल भएन : महरा

काठमाडौं : नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले गृह मन्त्रीका विषयमा छलफल नै नभएको बताएका छन् । पदाधिकारी बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै महराले गृह मन्त्री पार्टीको पदाधिकारीले नबनाउने दाबी गरे ।

‘हामीले गृह मन्त्री को हुन्छ ? के हुन्छ भन्ने विषयमा छलफलै गरेनौँ । गृह मन्त्री को हुने पार्टीले टुंग्याउने विषय होइन’ महराले भने, ‘गृह मन्त्रीको विषयमा स्थायी समिति बैठक छलफल हुन सक्छ ।’ यस्तै फरक प्रसङ्गमा महराले राष्ट्रपतिको निर्वाचन तोकिएपछि व्यक्तिको विषयमा छलफल गरेर टुंगो लगाइने बताए ।