कविता -सहिदको सम्झनामा

आफ्नो प्रभाव, नगरी मर्यौ, देशकै लागि,
अमर मानी , माघ १६ सम्झिन्छौ, यसकै लागि ।

आफू मरी, देशलाई मरिन , बाट बचायौ,
ईतिहास मै , अमर बनी , आफ्नो नाम रचायौ ।

शान्तिको लागि, आहुति आफ्नै, अर्पेर देशलाई,
सलाम छ , सहिदको ती , साहशी भेषलाई ।

शहासी ति शिर अत्याचार विरुद्ध झुक्न नजान्ने,
बिजय पथमा, सधै तत्पर , बैरी सामु लुक्न नजान्ने ।

ईतिहाँस रचि, निरंकुश सक्ता, ढालेर गयौ,
देशमा फैलिएको,आर्थिक संकट, फालेर गयौ ।