चेल्सी इन्टरनेशनल एकेडेमीद्वारा विभिन्न विधाका व्यक्तित्व अभिनन्दित

काठमाडौं : नेपालको शिक्षा क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्दै आएको चेल्सी इन्टरनेशनल एकेडेमीले समाजमा विभिन्न क्षेत्रबाट योगदान पुर्याउने प्रतिष्ठित व्यक्तिहरुलाई अभिनन्दन गरेको छ ।

सरस्वती पूजा (श्रीपञ्चमी) का अवसरमा एकेडेमीले एक कार्यक्रमकाबीच सञ्चार, शिक्षा, स्वास्थ्य, कला, संस्कृति, खेलकुद, समाजसेवा, वातावरण,बैंकिङ, कृषि, नागरिक समाज, सुरक्षा, कुटनैतिक सेवा, लजविद्युत, होटल म्यानेजमेन्ट, कानून, सामान्य प्रशाशन, पर्यटन तथा सामाजिक सुरक्षालगायतका करिब २० भन्दा विधामा रहेर समाजमा योगदान पुर्याउने ४० जना व्यक्तित्वलाई अभिनन्दन गरेको हो ।

यसरी अभिनन्दित हुनेहरुमा सञ्चारतर्फ राससका कार्यकारी अध्यक्ष धमेन्द्र झा, नेपाल प्रेस इन्स्टिच्युटका अध्यक्ष तीर्थ कोइराला, सञ्चार उद्यमी समिरकुमार नेपाल, पूर्ण बस्नेत, रुवि रौनियार, शेखर खरेल,छत्र कार्की, गणेश राई, भवानिश्वर गौतम, इश्वर ढकाल, प्रकृति अधिकारी, सूर्य पाण्डे तथा साहित्य विधामा पद्मश्री साहित्य पुरस्कार विजेता नयनराज पाण्डे, साहित्यकार धीरेन्द्र प्रेमर्षि, रहेका छन् ।

शैक्षिक र सामाजिक क्षेत्रमा योगदान पुर्याउने प्रचण्डजङ्ग शाह, कमलादेवी श्रेष्ठ, शिक्षाविद् लवदेव अवस्थी, डा अनिलकुमार मिश्र, डा. विद्यानाथ कोइराला, श्रीकृष्ण वाग्ले, बालकृष्ण धोजु, फुटबल प्रशिक्षक राजुकाजी शाक्य, वन तथा वातावरणविद् डा विनोद भट्ट, प्राध्यापक बालचन्द्र लुइँटेल, अनुसन्धानकर्ता राम रिमाल र लक्ष्मण रिमाल अभिनन्दित भएका छन् ।
त्यसैगरी युवा नेता राप्रसाद सापकोटा, किशोर मल्ल, संविधानविद् डा. भीमार्जुन आचार्यलाई अभिनन्दन गरिएको छ । अभिनन्दित सबैलाई दोसल्ला र कदरपत्रद्वारा संस्थाका अध्यक्ष आनन्द आदित्य, संस्थापक निर्देशक तथा प्रिन्सिपल डा. सुधीरकुमार झा, प्रवन्ध निर्देशक प्रमिता विष्टबाट अभिनन्दन गरिएको हो ।

सो अवसरमा राससका कार्यकारी अध्यक्ष झाले पेशागत व्यावसायिकता इमान्दारीपूर्वक निर्वाह गरेकामा एकेडेमीले सम्मान दिएर थप जिम्मेवारी बढाएको बताए ।

साहित्यकार पाण्डेले शैक्षिक क्षेत्रमार्फत नेपालको उन्नयनमा उल्लेखनीय भूमिका खेलेको शैक्षिक संस्थामार्फत सम्मानित हुन पाउँदा गौरव महसुस भएको बताए । सन् २००५ मा स्थापित चेल्सी इन्टरनेशनल एकेडेमीले बेलायतको क्याम्ब्रिज विश्वविद्यालय अन्तर्गत रहेर ‘ए लेभल’ कार्यक्रम सञ्चालन गर्दै आएको छ भने नेपालकै शैक्षिक कार्यक्रम पूर्व प्राथमिक र माध्यमिक विद्यालय तहलाई पठनपाठन गर्दै आइरहेको छ ।

दुई चरणमा सम्पन्न उक्त कार्यक्रमको पहिलो सत्र चेल्सी इन्टरनेशनलमा ए लेभलमा अध्ययनरत छात्रा अदिति पौडेलले संचालन गरेकी थिइन् भने दोश्रो सत्रको कार्यक्रम विद्यासंस्कार विद्यालयमा अध्ययनरत छात्रा भव्या झा ले संचालन गरेकी थिइन् ।