चितवन : पोलार स्टार इङ्ग्लिस स्कुलको रजत महोत्सवको अवसरमा सरसफाई कार्यक्रम सम्पन्न

निराज रानाभाट
चितवन : चितवनको भरतपुरमा रहेको पोलार स्टार इङ्ग्लिस स्कुलको रजत महोत्सवको अवसरमा विद्यालयले ‘ सरसफाई कार्यक्रम ’ आयोजना गरेको थियो ।

उक्त कार्यक्रममा भरतपुर महानगरपालिका वडा नम्बर ८ का अध्यक्ष जिवनाथ कंडेलकाे प्रमुख आतिथ्यता रहेको थियो भने विभिन्न टोल विकास संस्थाका अध्यक्ष तथा पदाधिकारीहरु एवम् शिक्षक तथा विद्यार्थीहरुको उपस्थित रहेको थियो ।

यसै कार्यक्रममा ज्योति टोल विकास संस्थाले विभिन्न स्थानमा फुल सहितको डष्टविन राखेको थियो । कार्यक्रममा प्रमुख अतिथी वडाध्यक्ष कंडेलले विद्यालयलाई रजत महोत्सवको पूर्ण सफलताको कामना गर्दै ज्योति टोल विकास संस्थाले फुल सहितको डष्टविन राखेकोमा धन्यवाद व्यक्त गरेका थिए ।