शिक्षा सन्देशको अक्षरारम्भ तथा सांस्कृतिक महोत्सव

बेलबारी : बेलबारी –२, लालभित्तीमा रहेको श्री शिक्षा सन्देश इङ्ग्लिस स्कुलले विविध कार्यक्रम गरेर अक्षरारम्भ तथा सांस्कृतिक महोत्सव सम्पन्न गरेको छ ।

मोरङ क्षेत्र नं ३ ‘ख’ का प्रदेश सांसद ज्ञानेन्द्र सुवेदी प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा बेलबारी नगरपालिकाका शिक्षा शाखा प्रमुख भूपेन्द्रप्रसाद कोइराला, वडा नं २ का सदस्यहरू माधवप्रसाद निरौला र दीपक लिम्बू, बागदेवी सामुदायिक वनका अध्यक्ष फणीन्द्रबहादुर थापा, विद्यालयका काउन्सिलर भूपाल बस्नेत लगायतको उपस्थिति रहेको थियो ।

२०५० सालमा स्थापना भएको विद्यालयले स्थानीय स्तरमा गुणस्तरीय शिक्षा प्रदान गरिरहेको विद्यालयका प्रिन्सिपल राजेश खत्रीले बताएका छन् । कार्यक्रममा विद्यार्थी तथा शिक्षकका विविध प्रस्तुतिका साथै कलाकार महेश काफ्लेको साङ्गीतिक प्रस्तुतिसमेत रहेको थियो ।

विद्यालय सञ्चालक समितिका अध्यक्ष देवी सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन भने विद्यालयका कक्षा १० का विद्यार्थीहरू अमिरा अधिकारी र मनिस दाहालको रहेको थियो ।