

बाबु तिमि बिदेश जानु पर्छ किनकि तिमि नेपालमा जन्मिएका छौ।नेपालमा जन्मिनेहरु आफ्नो परिवारसङ्ग रमाएर बस्न पाउने अधिकार हुदैन।फेरि तिमिले यो देश हाक्नेहरुलाइ बिदेशबाट पैसा पठाएर बापत रेमिटान्सले सहयोग पनि त गर्नुछ नत्र नेता जि हरु देशको यत्रो भार अनि आफु र आफ्नाका ढुकुटी कसरि भर्छन ?तेसैले बाबु तिमि बिदेश जानु पर्छ।तिम्रो हजुर बुवा तिम्रो बाबा पनि त बिदेश नै बसेर त हाम्रो जिबिका चलेको हो नि आफ्नो पुर्खाको बिडो थाम्नु पर्छ बाबु।
यहीँ उधोग खोल्छु भनेर जिद्दी नगर बाबु बाबाको पैत्रिक सम्पत्ति बेचेर तिम्रो ऋण तिर्न पनि त सक्दिन मैले अनि ग्यारेन्टी पनि के छ उध्योग्बाट कमाउछौ भन्ने?अहिले सम्म एक पैसा ऋण लागेको छैन भोलि ऋण लाग्ला बैंकहरुले लिलामि गर्लान हाम्रो बेइज्जत होला सोच्नु पर्दैन ? सेवाका नाउमा बैंकले लुटको जालो थापेको तिमि बुझ्दैनौ बाबु हामिले अहिले सम्म चर्को गालि सम्म नगरेको तिमिलाइ भोलि बिभिन्न टर्चर आउलान धम्कि आउलान समाना गर्न सक्छौ?नाता गोता आफन्तको खिशि ट्युरि सहन सक्छौ ?कम्पनिका सामानहरु बिना लगानि बिक्रि पस्चात चुक्ता गरौला भनि टन्नसामान भरेर मोटाएका मार्ट्का साहु जिहरुको चलाखि बुझ्दैनौ तिमि ,तेसैले जिद्दि नगर बाबु खुरुक्क बिदेश जाउ बरु म रिन खोजिदिन्छु ।
बरु अर्काकै देश भए पनि त्यहाँ श्रमको मुल्य हुन्छ,देश सिस्टमले चल्छ धेर थोर त आफ्नो भाग्यमा पनि भर पर्छ तेसैले तिमि बिदेश जाउ छोरा मैले तिम्रै सुनौलो भबिश्यको लागि भनेको,सतिले सरापेको देश हो बाबु यो,हजारौ युवाले देशलाइ माया गर्दा मिर्त्युका अनेक बाटो रोज्न बाध्य पर्नेहरुको देश हो यो,हुने खाने सधैं आलिसान र हुँदा खानेहरु सडकमै अलपत्र ,अहोरात्र खटिदा पनि कहिल्यै जिबनस्तर नउकासिने कंगाल देश हो यो,जहाँ कोदालो खन्नेहरु भन्दा ठेक्का गर्ने बिचौलिया हरु धनि हुने देश हो यो ।पुर्खाले लडेर बचाइदिए र नेपाल रहिरयो नेताहरुले लडेर आफ्नो कुर्सी बचाइराखेका छन यसैमा धन्य मान्नु पर्छ बाबु प्रत्येक चुनाबमा भोट हाल्न चाहि आउनु भो बाबु जिद्दि नगर खुरुक्क बिदेश जाउ ।
