जनता माध्यमिक विद्यालय आमगाछीको प्रांगणमा सरस्वतीकी मूर्ति स्थापना

सुरेन्द्र मण्डल

रंगेली : मोरङको रंगेली नगरपालिका वडा नंबर ५ आमगाछी, साबिकको आमगाछी गा.वि.स वडा नम्बर ९ मा रहेको श्री जनता माध्यमिक विद्यालयको प्रांगणमा मन्दिर निर्माण गरी माघ १० गते उक्त मन्दिरमा विद्याकी देवी सरस्वतीकी मूर्ति स्थापना गरीएको छ ।

माघ १२ गते विहिबार श्री पञ्चमी रहेकोलें उक्त पंचमीमा विद्यालयमा निर्माण भएको मन्दिर एवम देवी सरस्वतीको मूर्ति उद्घाटन गर्ने सोचले १० गते मंगलवार शुक्ल तृतीया तिथिमा स्थानीय पण्डीत नारायण झाको दिशा निर्देशनमा विद्याकी देवी सरस्वतीको मूर्ति स्थापना गरि विधिवत रूपले मन्त्र उचार गरी प्राण प्रतिष्ठान कार्य सम्पन्न भईसकेको पण्डित नारायण झाले बताए ।

हिन्दु देश या समाजमा रहेको विद्यालयहरुमा हरेक वर्ष नियमित रूपले माघ महीनाको शुक्ल पंचमी तिथिमा देवी सरस्वतीको पूजा अर्चना गर्ने चलन रहेको छ । जस अनुरूप हरेक वर्ष स्थानीय स्तरमा माटोको मूर्ति स्थापना गरी बसन्त पञ्चमीमा पूजा गर्ने गरिन्थ्यो अब पक्की मंदिरको साथै संगमरमर शीला निर्मित विद्याकी देवीको मूर्ति यस विद्यालय प्रांगणमा स्थापनाले हरेक वर्ष माटोको मूर्ति ल्याउने समस्या मुक्त भएको व्यवस्थापन समिति अध्यक्ष सञ्जय मण्डलले बताए ।

उक्त सरस्वतीको मन्दिर, विद्यालय निर्माण गर्ने बजेटबाटै बचत गरी सरस्वतीको मन्दिरको भवन निर्माण गरीएको छ । उक्त मन्दिर स्थापना गर्ने देवी सरस्वती को मूर्ति भारतको सिलीगुड़ीबाट भाड़ा सहित रु ४२,६०० भारतीय रुपैयामा ल्याईएको बिद्यालय व्यावथापन समितिका अध्यक्ष्य सञ्जय मण्डलले बताए ।