

तड्पाईमा दिन बित्छन् छटपटीमा रातहरु,
मिठाे याद मानाैला अब ति मिठा साथहरु ।
बाेली सुन्न आतुर हुने ति तिम्रा मनहरु ,
आजभाेली कल गर्दा रिसाउने भयाै बरु ।
मेरा लागि कुनै सेकेन्ड समय नै छैन रहेछ ,
प्राण भन्दा प्याराे मान्थे आखिर सत्य हैन रहेछ ।
तिम्राे याद भुलाउन सार्है गाराे भईरहेकाेछ ,
मन पाेल्दा आखाबाट आँसु खेर गईरहेकाेछ ।
बाचुन्जेल साथ दिने ठुलाे सपना साचेकाे थे ,
त्यहि सपनामा रमाएर खुशी बुन्दै बाचेकाे थे ।
काजिराम अधिकारी क्षेत्री
तारकेश्वर नगरपालिका-२, पदमसाल, काठमाण्डाै ।
