सिन्सियरले २२ वर्षदेखि गर्दै आएको ठगीधन्दा पर्दाफास, सहकारी विभागले गर्ला त खोजतलास ?

 

राजधानीको पुतलीसडकमा रहेको सिन्सियर सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडले लुटतन्त्र मच्चाएको छ । एउटै बचतकर्ताले लाखदेखि पाँच करोड रुपैयाँ मुद्दती खातामा बचत गरेको सिन्सियर डुब्ने अवस्थामा पुगेको छ । सिन्सियरले लामो समयदेखि पैसा फिर्ता गर्न सकिरहेको छैन्, जसका कारण बचतकर्ता पिरोलिएका छन् । सिन्सियरले सात महिनादेखि ब्याज दिन सकेको छैन् । यता, बचतकर्ता पैसा फिर्ता हुन्छ कि भनेर निरन्तर सिन्सियर धाइरहेका छन् तर उनीह? सँधै रित्तो हात फर्किन बाध्य भएका छन् ।

२०५७ मंसिर २९ गते दर्ता भएको यस संस्थामा बचत गर्ने अधिकांश नेवारी समुदायका छन् । न्युरोड, असन, भोटाहिटी, इन्द्रचोक, ढल्कु, नरदेवी, पुतलीसडक, मैतीदेवी, क्षेत्रपाटी, डिल्लीबजारलगायतका क्षेत्र व्यापारी र बासिन्दाले सिन्सियरमा पैसा जम्मा गरेका छन् ।

यहाँ हजारौंको बचत छ जुन डुब्ने अवस्थामा पुगेको छ । सिन्सियरका अध्यक्ष राजेन्द्रभक्त श्रेष्ठ काठमाडौंकै स्थायी बासिन्दा भएको विश्वासमा पर्दा हजारौंको बचत जोखिममा परेको छ । सिन्सियरका कार्यकारी सञ्चालक राजेश खड्का कंलकीका बासिन्दा हुन् ।

कंलकी एरिया बसोबास गर्ने धेरैको बचत सिन्सियरमा छ । क्षेत्रपाटी, ढल्कुकी कर्जा विभागकी अधिकृत मीरा कर्माचार्यको विश्वासमा पर्दा त्यस क्षेत्रका बचतकर्ता मर्कामा परेका छन् । यी तीन हर्ताकर्ता यहीको बासिन्दा हो, यिनीह भाग्दैनन् भनेर सिन्सियरमा पैसा जम्मा गरे । तर, सीधासाधी बचतकर्ताको विश्वासको फाइदा यी तीन जनाले उठाए । बचतकर्ताले लगेर सिन्सियरमा बचत गरेको रकम पर्दाभित्र बसेर मीटरब्याजमा लगानी गर्ने काम भयो ।

सिन्सियरका तीन हर्ताकर्तार्ल भित्रभित्रै व्यापारीको माध्यमबाट मीटरब्याजमा लगानी गर्ने गरिएको छ । एक लाखको मासिक पाँच हजारदेखि ३० हजार ?पैयाँसम्म ब्याजमा पैसा दिने सिन्सियरमा अवैध कारोबार मौलाएको छ । बचतकर्ताले ब्याज खान जम्मा गरेको रकम सिन्सियरले व्यापारीलाई खटाएर आवश्यक परेकालाई मीटरब्याजमा लगाउन दिने गरिन्छ । बीचमा बसेर व्यापारीले पनि दलाल गर्छन् । सिन्सियर र केही बाठाटाठा व्यापारी मोटाइरहेका छन् भने सीधासाधी व्यक्तिह? दिनदहाडे लुटिएका छन् ।

त्यसैगरी, घरजग्गा, थोत्रा ट्याक्सी र सेयरमा पनि सिन्सियरको थुप्रो लगानी छ । सहकारीले सेयर धितो राखेर कर्जा दिनु स्वाभाविकै हो । तर, सिन्सियरले जम्मा भएको रकमले आफैं सेयर किन्दै, नाफा खाँदै गरेको छ । जनताको पैसाले सेयर खरिदबिक्री गर्ने अनि आएको नाफा तीन जना मिलेर लापलुप खाने । आफ्नो पैसा लगानी नै नगरीकन सिन्सियरका भ्रष्ट्र अधिकृतह?ले मज्जाले नाफा कमाइरहेका छन् । २० वर्ष पुगेको थ्री– फोर मोडलका सात सय ट्याक्सीमा सिन्सियरको लगानी छ ।

सरकारले २० वर्ष पूराना ट्याक्सी विस्थापन गर्ने भनेर कानुन बनाएर राजपत्रमा निकालिसकेको छ । अब २० वर्ष पुगेका गाडीह?को नामसारी हुँदैन् । सरकारले नामसारी बन्द गरिसकेको छ । यता, सरकारले राजस्व लिन पनि छोडिसकेको छ । अधिवक्ता राखेर कागज गरेर किनबेच गर्दा अहिले थ्री–फोरको गाडी दुईदेखि तीन लाख आँउछ । तर, सिन्सियरले यो मोडलको एउटा गाडीमा १३ देखि १५ लाख लगानी गरेको छ । उसले यस्ता गाडीबाट यत्रो पैसा उठाउन छ ।

ट्याक्सीमा लगानी सिन्सियरका लागि भारी पर्यो । सिन्सियर ट्याक्सीकै कारण चुलुम्मै डुब्ने अवस्थामा पुग्यो । हिजो एउटा ट्याक्सीलाई कर्जा दिने बेलामा सिन्सियरका तीन हर्ताकर्ताले २५ हजार ?पैयाँ घुस लिएको छ, त्योपनि सेवाशुल्क बाहेक । ट्याक्सी धितो राखेर १० लाख ?पैयाँ कर्जा दिएबापत यिनीह?ले यत्रो घुस सजिलै पचाइरहेका थिए । उता, दुई प्रतिशत सेवाशुल्क पनि लिन्थे । घुस र सेवाशुल्कको प्रलोभनमा अन्धो बनेका यिनीह?ले यताउता केही नहेरी भकाभक ट्याक्सीलाई कर्जा दिए ।

त्यत्रो घुस दिएर कर्जा लिने ट्याक्सी चालकह? चर्को ब्याज तिर्न नसकेर डुबे । तीन किस्ता नतिर्नेबित्तिकै सिन्सियरले चालक र ट्याक्सी व्यापारीको ट्याक्सी तानेर लग्यो । सिन्सियरले गाडी तानेर लगेपछि अधिकांश विस्थापित भए । चर्को घुस सिन्सियरका अधिकृतह?ले खाए तर सीधासाधी ट्याक्सी व्यापारी र चालकलाई सुकुम्बासी बनाइदियो । सिन्सियरका कारण धेरै ट्याक्सी चालक र व्यापारीको घरपरिवार तहसनहस बनेको छ । अधिकांश भाग्नुपर्ने अवस्थामा सिन्सियरले पुर्याइदियो । सिन्सियरले गाडी तान्ने बेलामा गुण्डा पठाउँछ, एउटा गाडी तानेको ३० हजार दिन्छन् ।

सहकारी ऐनमा उल्लेख भएअनुसार ऋण तिर्नका लागि पहिले ३५ दिने सूचना जारी गर्नुपर्छ त्यो पनि राष्ट्रिय स्तरको पत्रपत्रिकामा । त्यस्तै, धितो लिलाम गर्नुअघि पत्रिकामा ऋणीको तीन पुस्ते र फोटो पत्रिकामा निकाल्नुपर्छ । तर, सिन्सियरले त्यस्तो गर्दैन् । सहकारी ऐनको धज्जी उडाउँदै सिन्सियरले ३५ दिने सूचना र तीन पुस्ते सार्वजनिक गर्ने गरेको छैन् । धितो रोक्का राखेर ऋण लिने बेलैमा ऋणीको मञ्जुरी लिइसकेको सिन्सियरको कालो कर्तुत एकदमै धेरै छ ।

मञ्जुरी पत्रमा लेखिएको हुन्छ,‘तीन किस्ता मैले तिरिनँ भने मेरो धितो लिलाम गर्नुस् । म कँही उजुरी गर्दिन् ।’ नेपाली कागजमा लेखिएको उक्त मञ्जुरी पत्रमा पहिले नै हस्ताक्षर गर्न लगाइन्छ । त्यस्तै, फोटोकपी पेपरमा दायाँबायाँ ल्याप्चे र हस्ताक्षर गर्न लगाएर राख्ने गरेका छन् । भोलि ऋण तिर्न सकेन् भने सिन्सियरले त्यहाँ आफ्नो मनगढन्ते कहानी लेखेर ऋणी फसाउने गर्दछन् । ल्याप्चे र हस्ताक्षर गरेपछि भोलि ऋणीले मलाई थाहा छैन् भन्न पाँउदैन् । सिन्सियरले आफूलाई माथि र ऋणीलाई तल पार्ने गर्दछ ।

कर्जा दिने बेलामा पाँचदेखि सात वर्षको अवधि तोकेर दिइन्छ । वषैंपिच्छे कर्जा नवीकरण गर्न लगाउँदछन् । एक चोटिमा दुई प्रतिशत नविकरण शुल्क लिने गरेको छ, सिन्सियरले । सिन्सियरको कालोधन्दाको कुरा गरिसाध्य छैन् । एक महिनाअघि एक करोड ऋण लिँदा ऋणीले दुई प्रतिशत सेवाशुल्कबापत तिर्छन् । एक करोडको १० लाख त घुस मात्रै खुवाउनुपर्छ । त्यस्तै, सेयर पनि भिडाइहाल्छन् । यता, मासिक ब्याज पनि २२ देखि ४८ प्रतिशत तोकिएको छ, त्योपनि मान्छे हेरेर ।

एक करोड कर्जा दिँदा सिन्सियरले डेढदेखि दुई करोडको धितो खोज्छ । ब्याज महँगो भो भनेर अर्को बैंकमा सार्न खोज्दा वा ऋण चुक्ता गर्दा पनि दुई प्रतिशत सेवाशुल्क लिन्छ । ऋण चुक्ता गरेको दिनसमेत गनेर ब्याज लिन्छ । राम्रो धितो छ भने त्यहाँबाट सार्न दिँदैन् । यता, ऋण चुक्ता गरेपछि पनि धितो फुक्का गर्दैन् । धितो पचाउनका लागि विभिन्न बहाना बनाइराख्छ । सिन्सियरले च्यापेका ऋणीले अर्को बैंकमा धितो सार्न खोज्यो वा अर्को बैंकमा लोन पास गरेपनि भड्काइदिन्छ ।

लोन पासको पेपर हातमा पारिसकेकालाई समेत सिन्सियरले यता न उताको बनाइदिन्छ । धितो त्यहाँबाट फुक्का गरेर अन्त लैजानै दिँदैन् । ब्याजको स्याज, जरिवाना, हर्जना हानेर जसरी हुन्छ सिन्सियरले धितो कब्जा गर्नै खोज्छ । सिन्सियरले ऋणीको कर्जा लिएको किस्ताको खाता र पैसा जम्मा गर्ने खाता खोल्छ । त्यहाँबाट ऋण लिएकाले मासिक किस्ता भनेर तिरेको पैसा सिन्सियरले खातामा जम्मा गरिदिन्छ । आज किस्ता तिरेपछि किस्ता घटाइदिनुपथ्र्यो नि ।

खराब नियतका व्यक्तिह?ले चलाएको सिन्सियरलाई जसरी पनि व्यक्तिको उठीबास लगाउनै छ । किस्तामा लगेर हालिदियो भने जरिवाना, पेनाल्टी लिन पाइएन् । त्यसैले जानाजान उसले बचत खातामा पैसा जम्मा गरिदिन्छ । बचत खातामा दुईदेखि तीन प्रतिशत ब्याज दिन्छ । तर, कर्जामा त २२ देखि ४८ प्रतिशत ब्याज लिन्छ । बेलामा किस्ता नतिरेको भन्दै जरिवाना लिन्छ, पेनाल्टी हाल्छ । अनि आफैं ठूलो पल्टिन खोज्छ । तर, ऋणीले तोकिएको समयभित्र किस्ता तिरेका थिए ।

तापनि सिन्सियरले जानाजान किस्तामा नतान्दिँदा ऋणीलाई बोझमाथि बोझ थपिएको छ । सिन्सियरले जहाँजहाँ लगानी गरेको छ त्यो सबै बीमा गरेको हुनुपर्छ । बीमा नगरेको धितोलाई उसले कर्जा दिँदैन् । बीमा गरेको छैन् भने कर्जा दिने बेलामा जबरजस्ती गराउँछ । कर्जा लिनेलाई पैसाको खाँचो परेको हुन्छ, जेजे भनि नि मान्नैपर्यो । यताबाट ऋण लिन चाहनेलाई बीमा गर्न लगाउँछ उता बीमा कम्पनीबाट कमिशन खान्छ । बीमाको अवधि एक वर्षको हुन्छ ।

बीमाको अवधि पुग्ने एक साता अघि नै सिन्सियरले आफुखुसी बीमा नवीकरणको पैसा पठाइदिन्छ । ऋणीले तिरेको किस्ताबाट बीमा कम्पनीलाई पैसा तिरिदिन्छ । यता, ऋणी यसबारे अन्जान हुन्छन् । उनीह?लाई फोन नै नगरीकन, कुनै जानकारी नै नदिईकन मनलाग्दी बीमा गरिदिन्छ । एकातिरबाट कमिशन खाने अर्कोतिर बीमा कम्पनीलाई पठाएको पैसाको ब्याज पनि ऋणीसंग असुल्छ । आफन्तलाई जानकारी नगराईकन सिन्सियरमा खाता खोलेकाह?को मृत्यु भयो भने फिर्ता हुँदैन् ।

सिन्सियरले आफन्तलाई फोन पनि गर्दैन्, सूचना पनि निकाल्दैन् । तीन हर्ताकर्ता मिलेर झ्वाम्म पारिदिन्छ । सिन्सियरमा बचत भएकाह?को खाताबाट पैसा गायब हुने गरेको छ । अधिकांश बचतकर्ताको पैसा हिनामिना भइरहेको छ । किस्ता तिरेपनि साँवा कहिल्यै नघटेपनि ऋणीह? वाक्कदिक्क भइसकेका छन् । ब्याज र पेनाल्टी भन्दाभन्दै ऋणीलाई –मर्नु न बाँच्नु’ भइसकेको छ । ५० लाख पर्ने जग्गालाई घुस खाएर तीन हर्ताकर्ताले ४ लाख ?पैयाँ कर्जा दिएका छन् ।

४० लाखको सावाब्याज नतिरेर ६० लाख पुगिसकेको छ । जग्गाको मूल्य घटेर २० लाखमा झरेको छ । राजेन्द्र, राजेश र मीराले घुस खाएर अंकुत सम्पत्ति कमाएका छन् । अ?लाई ‘धोती न टोपी’ को बनाएर यिनीह?ले जोडेको सम्पत्ति अख्तियार दु?पयोग अनुसन्धान आयोग र शुद्धिकरण विभागले छानबिन गर्नुपर्ने पीडितह?को भनाइ छ । सहकारी विभागले सिन्सियरको ठगीधन्दामाथि चासो देखाएको छ ।

ठगेर खानेलाई कहिल्यै भलो हुँदैन् भनेझैं सिन्सियरका हर्ताकर्ताह?को सातो गएको छ । यी तीन भ्रष्ट्र हर्ताकर्ता भाग्ने तयारीमा छन् भने बचतकर्ता डुब्ने अवस्थामा पुगेका छन् । सिन्सियरमा बचत भएकाह?को रातको निद्रा र दिनको भोक हराएको छ । सिन्सियरमा भ्रष्ट्राचारी प्रहरी प्रमुख र राजनीतिक दलह?ले कालोधन लुकाएका छन् । यिनीह?कै आडमा सिन्सियरले आफ्नो ठगीधन्दा चलाएको हो । भ्रष्ट्रह?को साथ र समर्थन रहेको सिन्सियरको कालोकर्तुत ढिलो भएपनि सिन्सियरको ठगीधन्दा पर्दाफास हुनेछ ।

अनुसा थापा
भक्तपुर