अध्यक्ष भण्डारी सहित सुर्खेत महिला जेसीजको नवनिर्वाचित कार्यसमितिले गर्यो पदभार ग्रहण

सुर्खेत : सुर्खेत महिला जेसीजको नवनिर्वाचित कार्यसमितिले पदभार ग्रहण गरेको छ । शनिबार वीरेन्द्रनगरमा आयोजित पद हस्तान्तरण तथा पुरस्कार वितरण कार्यक्रममा जेसीज वर्ष २०२२ का अध्यक्ष जेसी मनिषा कौशलले वर्ष २०२३ का अध्यक्ष जेसी सीता भण्डारीलाई पदभार हस्तान्तरण गरेकी हुन् । भण्डारी गत पुस २३ गते सम्मपन जेसीजको १२ औं साधारणसभाबाट सर्वसम्वत चयन भएकी थिइन ।

भण्डारीसँगै कार्यकारिणी उपाध्यक्षमा मनु सुनार र सोना थापा, उपाध्यक्ष रमा आचार्य, पशुपति बुढा, सृजना गुरूङ र लक्ष्मी मानन्धरले पनि पदभार ग्रहण गरेका छन् । यस्तै भण्डारीले कार्यसमितिलाई पूर्णतासमेत दिएकी छन् । जसमा महासचिव कमला बस्याल देवकोटा, कोषाध्यक्ष मिना गुरुङ, शाखा सम्पादक विविता देवकोट र कानुनी सल्लाकारमा लक्ष्मी गुरुङ मोनोनित भएका छन् ।

कार्यक्रममा बोल्दै वीरेन्द्रनगर नगरपालिकाका निवर्तमान नगर प्रमुख देवकुमार सुवेदीले जेसीज सामाजिक क्षेत्रको अग्रणी संस्थाको रुपमा कार्य गर्दै आएको स्मरण गराउँदै नागरिक समाजको अभिन्न अंगको रुपमा रहेको बताउदै आगामी दिनहरुमा थप परिस्कृत भएर काम गर्नु पर्ने बताए ।

जेसीज नेतृत्व मात्रै नभई युवाहरुको अनुसासन भएकाले युवाहरु एकजुट भएर अगाडि बढ्न सके समाजलाई सकारात्मकतातर्फ रुपातन्तरण गर्नमा टेवा पुग्ने सुवेदीको भनाई थियो । कार्यक्रममा उत्कृष्ट कार्य गरे वपात कमला बस्याल देवकोटा र मिना गुरुङ पुरस्कृत भएका थिए । पदभार ग्रहणमा जेसीजका राष्ट्रिय अध्यक्ष, कार्यकारिणी उपाध्यक्ष लगायतको सहभागिता रहेको थियो ।

को हुन् सीता भण्डारी ?
सिता भण्डारीले स्वदेशमा मत्रै नभएर विदेशमा पनि सीप र क्षमतालाई प्रतुत गरेकी छन् । उनी समाजसेवामा पनि उतिकै स्रकिय छन् । भण्डारी वीरेन्द्रनगर सुर्खेतमा जन्मेकी हुन्। बुवा बीरबहादुर भण्डारी र आमा जुनु भण्डारीको कोखबाट २०४५ साल साउन १९ गते जन्मेकी हुन् । उनी माइली छोरी हुन् । भण्डारीले व्यावस्थापन संकायमा स्नातकतह गरेकी छन् । उनी सञ्चार क्षेत्रमा पनि उतिकै सक्रिय छन् । उनले दुबइको एसएफडी गुरुपमा पाँच बर्षसम्म म्यानेजरका रुपमा काम गरेकी हुन् साथै उत्कृष्ट म्यानेजर अवार्ड पनि पाएकी थिइन् ।

त्यस्तै, भण्डारीले देउती एचडी टेलिभिजनमा म्यानेजरका रुपमा काम पनि गरेकी थिइन् । सुर्खेतमा रहेको एसओएस हर्मन माइनर स्कुल, डिभि निकेतनमा डान्स टिचरका रुपमा कार्यरत थिइन् । उनले नृत्यमा थुप्रै  राष्ट्रिय अवार्डहरु पाएकी छन् । म्युजिक भिडियोमा कोरियोग्राफि गर्दै आएकी उनले   चलचित्रमा पनि आफ्नो भूमिका निर्भाह गर्दै आएकी छन् ।

भण्डारी मा २०१९ सुर्खेत महिला जेसीसमा आवद्ध, २०२० मा उपाध्यक्ष, २०२१ मा महासचिव, २०२२ मा कार्यकारीणी उपाध्यक्ष, लायन्स क्लव अफ महासचिव भएर काम गरिन् । यस्तै, बर्ष २०२० र २०२१ मा सुर्खेत महिला जेसीसको उत्कृष्ट शाखा अवार्ड र २०२१ मा नेपाल जेसीसले प्रदान गर्ने उत्कृष्ट महासचिव रिपोटिङ अवार्ड पाएकी छन् । उनले दुबइ, सिङगापुर बैदेशिक भ्रमण गरिसकेकी छन् ।