नेपाल प्रहरी विद्यालयका विद्यार्थी विच मानसिक स्वास्थ्य सम्वन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न


काठमाडौं : मानिसको शरीरका विभिन्न अंगले छुट्टाछुट्टै काम गर्छन्, शरीरका अंगमध्ये मस्तिष्क महत्वपूर्ण भाग हो । मानसिक स्वास्थ्यलाई स्वास्थ्यको अभिन्न अङ्गको रूपमा लिए तापनि यसको प्रवद्र्धनका लागि व्यक्तिगत तथा सामुदायिक स्तरमा धेरै काम भएको पाइँदैन । मस्तिष्क हाम्रो टाउकोभित्र सुरक्षित हुन्छ त्यहि मस्तिष्कमा विभिन्न कारणहरु जस्तै टाउकोमा लाग्ने चोट, कुपोषण, लागू औषध दुव्र्यसन, जीवनका नराम्रा भोगाइ, दुर्घटना, यातना, आघात, हिंसा आदि कारणले मनका भावना, सोच र व्यवहारमा असर पुगेर मस्तिष्कमा असर गरे पछि निस्कने परिणामलाई मानसिक समस्या भनिन्छ, सामान्य भाषामा बुझ्दा मानसिक स्वास्थ्यलाई मनमा रहेका सोच र व्यवहारको स्वास्थ्य भनेर बुझ्न सकिन्छ । मानसिक रूपमा स्वस्थ्य व्यक्तिले आफ्नो क्षमताको पहिचान गरी दैनिक जीवनयापन गर्नका लागि विभिन्न परिस्थिति सामना गर्दै उत्पादनशील तथा प्रगतिशील जीवनयापन गर्न सक्छ ।


मानसिक स्वास्थ्य समस्याको उपचार सम्भव भए पनि यसप्रति रहेको अज्ञान, लाञ्छना, विभेद र कलङ्कका कारणले गर्दा समस्यालाई लुकाउने वा गलत उपचार खोज्ने प्रवृत्ति हाम्रो समाजमा व्याप्त रहेको परिप्रेक्षमा आज काभ्रेपलाञ्चोक जिल्लाको साँगामा अवस्थित नेपाल प्रहरी विद्यालयमा कक्षा १० मा अध्ययरत छात्रछात्राहरु विच मानसिक स्वास्थ्य सम्वन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।


रोटरी क्लव अफ रजधानी संगको सहकार्यमा नेपाल प्रहरी विद्यालय, इन्ट¥याक्ट क्लव अफ राजधानीद्धारा आयोजित उक्त कार्यक्रममा वरिष्ठ मानसिक रोग विशेषज्ञ डा. ध्रुवमान श्रेष्ठले मानसिक रोगका विविध पक्षबारे आफ्नो प्रस्तुति दिएका थिए भने सम्भाव्य फाउण्डेशनको तर्फबाट मनोसामाजिक परामर्शदाता रञ्जिता महर्जनले मानसिक स्वास्थ्यका बारेमा विद्यार्थीहरुलाई व्यवहारिक शैलीमा बुझाएकी थिइन् ।


रोटरी क्लव अफ राजधानीका प्रिसिडेन्ट निश्चल बहादुर श्रेष्ठ, पूर्वअध्यक्षद्धय प्रदिप कुमार श्रेष्ठ तथा देवेन्द्रलाल श्रेष्ठ, सदस्य खेमराज श्रेष्ठ, रोट्रयाक्ट क्लव अफ राजधानीका सदस्यहरुको उपस्थितिमा आयोजित उक्त कार्यक्रममा सहभागि विद्यार्थीहरुले मानसिक स्वास्थ्यको बारेमा राखेका विभिन्न जिज्ञासाहरुको डा. धु्रवमान श्रेष्ठले सरल भाषामा विद्यार्थीहरुलाई बुझाएका थिए ।

 

मानसिक रोग लागेपछि व्यक्तिको स्वभाव, बानी र व्यवहारमा परिवर्तन देखा पर्न थाल्ने, उसले पहिले कहिल्यै नगरेका अनौठा कृयाकलाप देखाउन थाल्ने, उसको बानी, व्यवहारमा असन्तुलन आई समाजका अरू मानिससँग राम्रो सम्बन्ध राख्न नसक्ने र भावी योजना र कार्यक्रम पनि सही रूपले तर्जुमा गर्न नसक्ने जस्ता लक्षणहरु देखा पर्ने बताउँदै त्यस्ता लक्षणहरु देखिएका तत्कालै मानसिक रोग विशेषज्ञको उपचार र परामर्श लिनु पर्ने डा. श्रेष्ठले बताए ।


रोटरी क्लव अफ राजधानीका प्रिसिडेन्ट निश्चल बहादुर श्रेष्ठले मानसिक स्वास्थ्य नै सहज जीवनयापनको मूल आधार भएको साथै मानसिक स्वास्थ्य समस्यालाई विश्वमै सबैभन्दा बढी बोझपूर्ण समस्याको रूपमा लिने गरेको र मानसिक समस्याले मानिसलाई अपाङ्गताको अवस्था सम्म पुर्याउने धेरै मध्ये प्रमुख कारण पनि भएकोले यस तर्फ सबै सजग र सर्तक हुनु पर्ने बताउँदै मानसिक समस्याको उपचार सम्भव भएकोले यो रोगलाई नलुकाई आवश्यकता अनुसार मनोविमर्शकर्ता, मनोविद् र मनोचिकित्सकको समेत सहयोग लिन अनुरोध गरे ।


नेपाल पुलिस स्कुलका सहप्रधानाध्यापक नवराज बस्नेतले विद्यालयका कक्षा १० का विद्यार्थीलाई लक्षित गरि आयोजना गरिएको उक्त कार्यक्रमको सह्ना गर्दै यो र यस्ता कार्यक्रमले विद्यार्थीहरुमा मानसिक स्वास्थ्यको बारेमा जानकारी भई समुदाय स्तरमा मानसिक विरामीहरुलाई पुनःस्थापनामा समेत सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
इन्टर्याक्ट क्लव अफ नेपाल पुलिस स्कुलका प्रिसिडेन्ट सन्देश देवकोटाले क्लवले यस्ताखाले कार्यक्रमहरुलाई निरन्तरता दिने बताउँदै कार्यक्रम सफल बनाउन सहयोग गर्ने विद्यालय परिवार, रोटरी क्लव अफ राजधानी लागयतलाई धन्यवाद व्यक्त गरे ।

 

विश्व स्वास्थ्य संगठनका अनुसार ५० प्रतिशतभन्दा बढी मानसिक स्वास्थ्य समस्या १४ वर्षको उमेर अगावै सुरु हुन्छ । प्रत्येक ५ मध्ये १ जना बालबालिका तथा किशोरकिशोरीमा कुनै न कुनै किसिमको मानसिक स्वास्थ्य समस्या रहने गरेको विश्व स्वास्थ्य संगठनको तथ्याङ्कले देखाउँछ ।


तस्वीर : अदिति पौडेल, भिजनन्युजनेपालडटकम