नारी विशेष काव्य  गोष्ठी सम्पन्न

काठमाडौं :  चन्द्रागिरि साहित्य प्रतिष्ठानको १३७ औं श्रृङ्खला नारी विशेषक काव्य  गोष्ठी भव्यताका साथ सम्पन्न भएको छ ।
खोरिया प्रवर्तक,चन्द्रागिरि साहित्य प्रतिष्ठानका अध्यक्ष जनार्दन अधिकारी धड्कनको सभापतित्वमा एबं भारत मेरठका बरिष्ठ साहित्यकार डा. बिजय पण्डितको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि पण्डितले हामी साहित्यको माध्यमबाट जोडिएका छौं दुई महिना अगाडि प्रज्ञा प्रतिष्ठानमा नेपाल भारत कविता सम्मेलनमा चन्द्रागिरि साहित्य र ज्योति साहित्य प्रतिष्ठानको ठुलो सहयोग मिलेको भन्दै नेपाल भारत सम्वन्ध हजारौं वर्ष अगाडि देखि राम र सीताको (अयोध्या र जनकपुर) पाला देखिनै सम्बन्ध छ, देश फरक भए पनि कलमको माध्यमबाट हामी एक छौं भन्दै यसरी देश विदेश रहेका साहित्यकारहरु सँग भेटने अबसर जुटाइदिने जनार्दन धड्कन र चन्द्रागिरि साहित्य प्रतिष्ठान प्रति धन्यवाद दिदै यात्रा कविता ३ इतिहास होजाएगा एक दिन अचानक ३ वाचन गरे ।


विशिष्ठ अतिथि गंगा लिगलले हरेक हप्ता बुधवार संचालन गर्ने कार्यक्रम कुनै न कुनै विषय र विधामा सन्चालन हुने र त्यसमा आज नारी विशेष गोष्ठीले साहित्यको माध्यमबाट चेतनाका कुराहरु रचनाले बोध गराएको जानकारी गराए ।

विशिष्ठ अतिथि कलानिधि दाहालले १३७ औं श्रृङ्खला असाध्य राम्रो रुपमा भएको बताउदै स्रष्टा खराब मार्ग लाग्नु नहुने तर्फ सचेत गराए । विशिष्ठ अतिथि मणीराज सिंहले चन्द्रागिरिको हरेक हप्ताको कार्यक्रमले धेरै नयाँ स्रष्टाले अबसर पाएको बताउदै निरन्तर चलेको यो कार्यक्रमलाई शुभकामना व्यक्त गरे ।

लक्ष्मी प्रसाद मिश्रको कुशल उद्घघोषणमा सम्पन्न भएको काव्य गोष्ठीमा अन्य उपस्थित आमन्त्रीत अतिथि साहित्यकारहरु क्रमशः दुर्गा भमरकोटे,यज्ञलाल सुवेदी,सीता पाण्डे,उत्तम भेटवाल,अनुराधा थापा,भवानी घिमिरे,उत्तम विपस्वी,उर्मिला पन्त,शोभा कडरिया,द्वारिका कुईंकेल,सुधा बास्कोटा ढकाल,चुडा निर्भिक,वालकवि अमन अधिकारी,सुधा मिश्र,घनश्याम पौडेल,गंगा अभलाषी,तीला लेकाली,संगिता ठाकुर,लगायत २५ जना सर्जकहरुले आ(आफ्ना नारी विशेष रचना कविता,खोरिया,आदि रचना बाचन गरेका थिए ।

सभापति जनार्दन अधिकारी धड्कनले खोरियाको प्रवर्तकको रुपमा खोरिया लेखनको सैद्धान्तिक अवधारणा ४ पङ्तिको संरचना, ३ पङ्ति ८र८,८ अक्षर र चौथो पङ्ति ५ अक्षर गरि जम्मा २९ अक्षरमा पूर्ण खोरिया बन्ने प्रष्ट पार्दै खोरिया लोक छन्द भएको र यसलाई जुन सुकै भाकामा पनि गाउन सकिने बताए । उनले स्रष्टाहरूले नेपाली साहित्यकार विश्व सञ्जाल मार्फत पनि हरेक हप्ता बुधबार खोरिया लेखन अभ्यास गरिरहेको सन्दर्भ केलाउदै नियमित समय दिएकोमा खुसी व्यक्त गर्दै आफ्नो नारी वशेष खोरिया,र छन्द कविता सुनाएका थिए ।